ओपन लनटेनिसमा आरभ र अजा च्याम्पियन

ओपन लनटेनिसमा आरभ र अजा च्याम्पियन


आरभसम्राट हाडा र अजा रेग्मी प्रथम आईएमई, जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यू–१२ सिंगल्समा च्याम्पियन बनेका छन् ।

ब्वाइज फाइनलमा आरभले प्रणव मानन्धरलाई ६–१ र ६–४ को सोझो सेटमा पराजित गरेका थिए भने गल्र्सको उपाधि भिडन्तमा अजाले शुभाङ्गीलक्ष्मी शाहलाई ७–६ र ७–५ को सीधा सेटमा पराजित गरेकी थिइन् ।

प्रतियोगिताअन्तर्गत अब यू–१४ ब्वाइज/गल्र्सको फाइनल मात्र बाँकी छ । ब्वाइजमा आर्यन गिरी र चिराग तिमल्सिना उपाधिका लागि भिड्नेछन् । गल्र्समा रायना शाहले सलोनी तामाङको सामना गर्नेछिन् । दुवैको फाइनल भिडन्त जेठ १२ गते शनिबार हुनेछ ।