अन्तर्राष्ट्रिय कम्युनिस्ट गोष्ठीमा भाग लिन दुई नेता चीन प्रस्थान

अन्तर्राष्ट्रिय कम्युनिस्ट गोष्ठीमा भाग लिन दुई नेता चीन प्रस्थान


कम्युनिस्ट आन्दोलनको अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन नेताहरू झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ आज (जेठ ११ गते) चीन प्रस्थान गर्नुभएको छ । जेठ १४ (मे २८) गतेदेखि चीनको सेन्जेनमा प्रारम्भ हुने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसम्बन्धी गोष्ठीमा नेपालको तर्फबाट सहभागिता जनाउन उहाँहरू चीन जानुभएको हो ।

कार्लमाक्र्सको २ सयौँ जन्म शताब्दीका अवसरमा चीनले यसप्रकारको सम्मेलन आयोजना गरेको हो । गोष्ठी पाँच दिनसम्म चल्ने बताइएको छ । नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको गोष्ठी आयोजना गरिने भएको छ । निर्वाचनका माध्यमबाट कम्युनिस्टलाई सम्पूर्ण सत्ता प्राप्त गर्न सफल मुलुकका रूपमा नेपाललाई चिनिन्छ । यही जेठ १६ र १७ गते काठमाडौंमा यसप्रकाररको गोष्ठी गरिने भएको छ ।