माउण्टेन फेस्टिभल जेठ १५ मा

माउण्टेन फेस्टिभल जेठ १५ मा


आउटडोर एडभेञ्चर सेण्टर नेपालको आयोजनामा यही जेठ १५ गते ‘ओएसी माउण्टेन फेस्टिभल’ हुने भएको छ ।

हिमाल आरोहण सफल पार्न भूमिका निर्वाह गर्ने शेर्पा र राष्ट्रिय–अन्तराष्ट्रिय आरोहीलाई स्वागत गर्ने उद्देश्यले फेस्टिभल आयोजना गर्न लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फेस्टिभल संयोजक सोनामजाङ्बु शेर्पाले जानकारी दिए ।

ठमेलमा आउँदो मंगलबार हुने फेस्टिभलमा सफल आरोहीको खुशी तथा अनुभव साटासाट गराउने, पर्यटनको समस्या, अवसर र चुनौतीका साथै पर्यटनसँग सम्बन्धित क्षेत्रमा भएका वर्तमान समस्याका बारेमा पथप्रदर्शक, व्यवसायी, आरोही, सरोकार भएका र राज्यबीच अन्तक्र्रिया गरी समाधान खोज्न प्रयास गरिने उनले बताए । राससका अनुसार फेस्टिभलमा साहसिक खेलकूद प्रतियोगिता र आरोहणका क्रममा खिंचिएका तस्वीर तथा श्रव्यदृश्य एवं आरोहणका क्रममा प्रयोग गरिएका सामग्री प्रदर्शनी गरिने छ ।