लनटेनिसमा आयुश र सुनिरालाई स्वर्ण

लनटेनिसमा आयुश र सुनिरालाई स्वर्ण


आयुशमान हजुर घले र सुनिरा थापाले प्रथम आईएमई जेटीआई ग्रान्ड जुनियर ओपन लनटेनिस प्रतियोगिताको यू–१० सिंगल्स उपाधि जितेका छन् ।

ब्वाइज फाइनलमा आयुशले सक्षमविक्रम शाहलाई ७–५ र ६–३ को सोझो सेटमा पराजित गरेका थिए । गल्र्सको उपाधि भिडन्तमा सुनिराले प्रशंसा मोक्तानलाई ६–२, ३–६ र १०–६ को सेटमा पराजित गरेकी थिइन् ।

यू–१२ गल्र्स सिंगल्समा शुभाङ्गीलक्ष्मी शाह र अजा रेग्मी उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा शुभाङ्गीले इभा अधिकारी तथा अजाले आइशा डोल्कर गुरुङलाई समान ६–३ र ६–४ को नतिजामा पाखा लगाएका थिए ।

यू–१४ ब्वाइज सिंगल्समा आर्यन गिरी र चिराग तिमल्सिनाले फाइनल भेट पक्का गरेका छन् । सेमिफाइनलमा आर्यनले कुवेहाङ राईको चुनौती ६–१ र ६–३ ले समाप्त पारे भने चिरागले प्रितम परियारलाई ६–२ र ६–४ ले निराश पारेका छन् ।