केन्द्रीयस्तरको उपराष्ट्रपति चिल्ड्रेन गेम्स शुरु

केन्द्रीयस्तरको उपराष्ट्रपति चिल्ड्रेन गेम्स शुरु


राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्स जेठ ११ गते बिहीबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शुरु भएको छ ।

केन्द्रीयस्तरको यो प्रतियोगितामा एथलेटिक्स, कराते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा हुने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख एवम् प्रतियोगिता व्यवस्थापन समितिका सचिव मीनकुमार शर्माले जनाएका छन् ।

छात्र/छात्रातर्फ एथलेटिक्समा समान ५/५, कराते र तेक्वान्दोमा समान ४/४ तथा उसुमा समान ३/३ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । शर्माका अनुसार प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा ७ प्रदेशबाट ४६ का दरले ३ सय २२ खेलाडीको सहभागिता रहनेछ । उसुबाहेक सबै खेलको प्रतिस्पर्धा लगनखेलस्थित केन्द्रमा हुनेछ । उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा खेलाइनेछ ।