फेन्सिङको सोलिडारिटी कोर्स सम्पन्न

फेन्सिङको सोलिडारिटी कोर्स सम्पन्न


नेपाल फेन्सिङ सङ्घको आयोजना तथा नेपाल ओलम्पिक कमिटीको सहयोगमा दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स फर कोचेज इन फेन्सिङ सम्पन्न भएको छ ।

६ दिने कोर्समा १५ प्रशिक्षार्थी सहभागी थिए । प्रशिक्षार्थीलाई अन्तराष्ट्रिय फेन्सिङ महासङ्घका विज्ञ प्रशिक्षक फ्रान्सेली नागरिक मि. ताहोनले प्रशिक्षण दिएका थिए । सांसद एवम् नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सहभागीलाई एक कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरेका थिए ।