पार्टी एकीकरणले मात्र मुलुक बन्दैन: कांग्रेस नेता गुरुङ

पार्टी एकीकरणले मात्र मुलुक बन्दैन: कांग्रेस नेता गुरुङ


नेपाली कांग्रेसका नेता धनराज गुरुङले पार्टी एकिकरणले मात्रै मुलुक नबन्ने बताएका छन् । पार्टी एकिकरणलाई उनले केवल सत्ताको जोड घटाउ मात्रै भएको भन्दै मुलुक बनाउन पार्टी एकताले कुनै अर्थ नराख्ने बताएका हुन् ।

बिहीबार नेपाल प्रेस युनियनले प्युठानको बिजुवारमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता गुरुङले नेपाली राजनीतिमा नैतिकता हराएको भन्दै राज्यसत्ता परिवर्तन भए पनि नेताहरु परिवर्तन नभएकोमा चिन्ता ब्यक्त गरे ।

‘नेताहरु स्वार्थी बन्दा जनताले सुशासनको पनि अनुभूति गर्न पाएनन् ।’ उनले भने, नेताहरु बदलिन आवश्यक छ ।’ उनले सुगाको जस्तो रटानले सुशासन नआउने भन्दै सुशासनको शुरुआत प्रधानमन्त्री केपी ओलीबाटै हुनुपर्नेमा जोड दिए ।