चालु आर्थिक वर्षमा ३ सय ४० मुद्दाको फैसला

चालु आर्थिक वर्षमा ३ सय ४० मुद्दाको फैसला


सिन्धुपाल्चोक । जिल्ला अदालत सिन्धुपाल्चोकले चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा ३ सय ४० मुद्धाहरू फैसला गरेको छ । गत आर्थिक वर्षदेखिकै २ सय ६ वटा र असारयता दर्ता भएका ३ सय ५५ सहित ३ सय ४० मुद्दाहरु फैसला गरेको हो ।

जिल्ला न्यायाधीश दीपक खनालको इजलासले मुद्दा फैसला गरेको जिल्ला अदालतले जनाएको छ । तथ्यांकअनुसार वैशाख सम्ममा ६ महिनाभित्रका १ सय ७८ र ६ महिना देखि १ वर्ष भित्रका ९५ मुद्धा फैसला भएका छन् । यसैगरी १ एक वर्ष देखि अठार महिना भित्रका ४३, १८ महिना देखि २ वर्ष भित्रका १२ वटा र २ वर्ष नाघेको१२ वटा मुद्धा फैसला भएको छ ।

दर्ता भएकामध्ये २ सय २१ मुद्धा फैसला हुन बाँकी छन् । जसमा २ वर्ष नाघेका आफै ३ वटा मुद्धा फैसला हुन सकेको छैन । यस्तै १८ महिना देखि २ वर्षभित्रका ७, एक वर्षदेखि १८ महिना भित्रका ४६ र ६ महिना देखि एक वष भित्रका एउटा मुद्धा फैसला हुन बाँकी रहेको छ ।