चुहावट रोक्न निःशुल्क मिटर वितरण गरिने

चुहावट रोक्न निःशुल्क मिटर वितरण गरिने


विद्युत् चुहावट रोक्न सरकारले आगामी आर्थिक वर्ष ०७५÷०७६ देखि विपन्न वर्गका घरपरिवारलाई निःशुल्क मिटर वितरण गर्ने भएको छ ।

तराईका गरिब बस्तीमा अहिले पनि मिटर जडान नगरी हुकिङ गरेर बिजुली उपभोग गरिरहेकाले आगामी आवको बजेट भाषणमा नै विपन्न वर्गलाई यस्तो मिटर निःशुल्क वितरणको योजनालाई समावेश गर्न लागिएको हो। यसबाट ठूलो मात्रामा बिजुलीमा भइरहेको चुहावट रोकिने विश्वास गरिएको छ ।