तपाईंको यो साता

तपाईंको यो साता


पं. नारायणप्रसाद दुलाल
(ज्योतिषाचार्य/वास्तुविद)


मेष
राज्यबाट मानसम्मान पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । सन्तानबाट सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ रातो वा हरियो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृष
मनमा निराशा र शरीरमा आलस्य आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । अनावश्यक यात्रा हुनेछ । साताको अन्त्यबाट आँटेकोे र ताकेको कार्य पूरा हुनेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ हरियो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मिथुन
मनपर्ने व्यक्तिको साथ पाइएला । अरूलाई प्रभावित पारेर काम बन्नेछ । नयाँ कार्यको योजना बन्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । दैनिक कार्यमा प्रगत हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट
लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

सिंह
आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । शिक्षामा बाधा आउनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । साताको अन्त्यबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

कन्या
राजनीतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । काम गर्ने उत्साह र हौसला मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ सिन्दुरे वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आरधना गरी यात्रा गर्नले अधिक सफलता मिल्नेछ ।

तुला
रमाइलो यात्राको योग रहेको छ । मित्र वा आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । अरूको भरपर्दा धोकामा परिने हानि हुने र विश्वास गुम्नेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभरङ खैरो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक
आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । आइतबारबाट राजनीतिक विवाद बढ्नेछ । स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । यो साताका लागि शुभअङ्क ४, ५ र शुभरङ सिन्दुरे वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको आराधना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बहुमूल्य वस्तु हात पर्नेछ । बन्धुबान्धवबाट सहयोग मिल्नेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ गाढा पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको दर्शन गरी यात्रा गर्दा अधिक लाभ मिल्नेछ ।

मकर
झुटा आरोप आइलाग्नेछन् । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको अन्त्यबाट राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महामृत्युञ्जय भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

कुम्भ
भाग्यले विभिन्न अवसर जुराउनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । रमणीय र सुखद यात्राको योग छ । रोकिएको काम दोहोऱ्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

मीन
राजनीतिक कार्यमा सफलता मिल्नेछ । कार्यमा सफलता पाइएला । नजिकको मित्रसँग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनुपर्नेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्मीजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।