नायिका निशा आमा बनिन्

नायिका निशा आमा बनिन्


नायिका निशा अधिकारी आमा बनेकी छिन् । क्रिकेटर शरद भेषवाकरसँग बिहे गरेकी नायिका निशाले शुक्रबार छोरालाई जन्म दिएकी हुन् ।

उनी आफूले निर्माण गरेको चलचित्र ‘झ्यानाकुटी’को रिलिजपछि अमेरिका बस्दै आएकी थिइन् र अमेरिकामै छोरालाई जन्म दिएकी हुन् ।

यसअघि पनि उनले आफू आमा बन्न लागेको भन्दै आफ्नो बढेको पेट सामाजिक सञ्जालमा पोस्ट गर्दै आएकी थिइन् ।

उनले फेसबुकमा आफ्नो नवजात छोराको तस्बिर पोस्ट गर्दै उनको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेकी छिन् ।

परिवारमा नयाँ सदस्य थपिएकोमा निकै खुसी लागेको निशाले आफ्नो फेसबुक वालमा उल्लेख गरेकी छिन् ।

अमेरिकामा सन्तान जन्माउँदा त्यहीँको नागरिकता पाउने र त्यसैलाई प्रमाण जुटाएर उनको पूरै परिवार नै अमेरिकामै बस्न पाउने आशाका कारण नायिका निशाले अमेरिका पुगेर सन्तान जन्माएको विश्वास गर्नेहरू अहिले नेपालमा धेरै छन् ।