जासुसी गरेकोमा अन्ततः माधुरीलाई जेल सजाय

जासुसी गरेकोमा अन्ततः माधुरीलाई जेल सजाय


भारतका विरुद्धमा पाकिस्तानलाई जासुसी गरेको अभियोगमा एक भारतीय कूटनीतिज्ञलाई तीन वर्षको जेल सजायँ सुनाइएको छ । भारतीय कूटनीतिज्ञ माधुरी गुप्ताले पाकिस्तानमा रहेर काम गर्दा आफ्नो देशका विरुद्धमा पाकिस्तानलाई नै गोप्य सूचना दिएको आरोप माधुरीमाथि लागेको थियो ।

६१ वर्षीया माधुरीले पाकिस्तानस्थित भारतीय राजदूतावासमा रहेर काम गर्दा पाकिस्तानको गुप्तचर संस्था आइएसआइलाई सूचना दिएको आरोप लगाइएको थियो ।

उनलाई सोही आरोपमा सन् २०१० मा नियन्त्रणमा लिइएको थियो भने त्यसयता मुद्दा जारी रहेको थियो । आज आइतबार मुद्दाको अन्तिम सुनुवाईका क्रममा उनले भारतको गोप्य सूचना चुहाएको पाइएको भन्दै अदालतले तीन वर्षको जेल सजाय सुनाएको हो ।