चिनियाँ नाका जोड्ने छोटो रुट उदघाटन

चिनियाँ नाका जोड्ने छोटो रुट उदघाटन


काठमाडौंसँग चिनियाँ नाका जोड्ने छोटो बाटो मैलुङ–स्याफ्रुवेशी सडक ट्रयाकको उद्घाटन गरिएको छ । नेपाली सेनाले मैलुङ–स्याफ्रुवेशी सडक ट्रयाक खोलेपछि चिनियाँ नाका रसुवागढी जोड्ने छोटो बाटो खुलेको हो ।

रक्षामन्त्री ईश्वर पोखरेलले आइतबार बिहान मैलुङमा यो सडकको उद्घाटन गर्दै सरकारले दीर्घकालीन विकास आयोजनालाई प्रथामिकता दिएको सुनाए । उद्घाटनपछि रक्षामन्त्री पोखरेलसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र पर्यटनमन्त्री रवीन्द्र अधिकारी स्याफ्रुबेसी पुगेका थिए ।

नेपाली सेनाले चैत ३० गते रसुवाको मैलुङ–स्याफ्रुबेसी सडकको ट्रयाक खोलेको थियो । १७ किलोमिटर ट्रयाक खुलेसँगै काठमाडौंबाट रसुवागढी झण्डै २५ किलोमिटर छोटो भएको छ । सडक विभागले धादिङको गल्छीदेखि रसुवागढीसम्मको ८२ किलोमिटर बाटो २ लेन बनाउने काम पनि थालिसकेको छ । गल्छी–बेत्रावती सडकको दुई लेनको काम अहिले भइरहेको छ ।