मन्त्री मातृकाको थप उपचार थाइल्याण्डमा

मन्त्री मातृकाको थप उपचार थाइल्याण्डमा


लामो समयदेखि छालाको संक्रमण, टाउको दुख्ने तथा कम्मरमुनिको भाग नचल्ने समस्याबाट ग्रसित भई उपचाररत उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि थाइल्याण्ड लगिएको छ । नर्भिक अस्पतालमा उपचार गराउँदै आएका मन्त्री यादव आज मध्यान्न थाई एयरको जहाजबाट बैंकक प्रस्थान गरेका हुन् ।

चिकित्सकको सल्लाहअनुसार उनको थप उपचार अब थाइल्याण्डको ब्रुमग्राड अस्पतालमा हुने मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जनाएका छन् । विष्टलाई उद्धृत गर्दै राससले जनाएअनुसार नेकपा (अण्डरलाइन)का अध्यक्ष प्रचण्डले केही दिन पहिले मन्त्री मातृकालाई अस्पतालमा भेट गरी विदेशमा उपचारको प्रबन्ध गरिने आस्वाशन दिएका थिए ।