जनप्रतिनिधिबाटै स्थानीयवासी मर्कामा

जनप्रतिनिधिबाटै स्थानीयवासी मर्कामा


प्रणय साह

बारा जिल्लाको परवानीपुर गाउँपालिका–५ मा नाला निर्माणको काम अव्यवस्थित रुपले भएकोले स्थानीयवासीले आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । स्थानीय निकायको निर्वाचनलगत्तै शुरु भएको विकास–निर्माणका काम सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिहरूको लापर्वाहीका कारण गुणस्तरीय सडक नासिँदै गएको छ ।

परवानीपुर गाउँपालिका–५ नैतनमा वडाअध्यक्ष रामेश्वर साह कलवारको निगरानीमा भइरहेको नाला निर्माणले स्थानीय वासिन्दा मर्कामा परेका छन् । आफ्नै निकटलाई उपभोक्ता समिति गठन गराई काम गराइरहेका वडा अध्यक्ष कलवारले कुनै पनि निर्माण कार्य गराउँदा अपनाउनुपर्ने सावधानी तथा वैकल्पिक मार्गसमेत नबनाई अव्यवस्थित रुपले नाला निर्माण गराइरहेकोप्रति स्थानीयहरू आक्रोशित बनेका छन् ।

वैकल्पिक बाटोको विषयमा कुरा गर्दा वडा अध्यक्ष कलवारले कुरा गर्न नमानी धम्क्याउने गरेको स्थानीय प्रवीन गुप्ताको भनाई छ । उनले भने, ‘वर्षाको पानीले हिलाम्मे बनेको सडकका कारण पीडित बनिरहेको अवस्थामा समेत वडाअध्यक्ष गैरजिम्मेवार बन्दै उल्टै स्थानीयहरूलाई धम्क्याउन उद्यत छन् ।’

झण्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि पाएका जनताले यसरी गैरजिम्मेवार जवाफ फर्काउँदा पीडित बन्दै गएको छ । नेपाल सरकारले सिंहदरबारको सेवा–सुविधा हरेक टोल–टोलमा सर्वसुलभ तरिकाले पु¥याउने भनिए पनि जनप्रतिनिधिहरूले विकास–निर्माणको नाममा सास्ती दिने गरेको एक यात्रु उमेश साहले बताए ।