मनमानेश्वरी र डा. प्रयागराज पण्डित

मनमानेश्वरी र डा. प्रयागराज पण्डित


– गोपाल पराजुली

पुनरावेदन अदालत पाटनमा रहँदा एकपटक एउटा अलिक जटिल मुद्दा छिन्नुपर्ने भयो । मनमानेश्वरी गुठी निजी गुठी हो वा राजगुठी हो भन्ने विषयमा विवादको छिनोफानो गर्नुपर्ने थियो । न्यायाधीश श्रीकृष्ण प्रसाद उपाध्याय र मेरो इजलासमा त्यो मुद्दा तोकियो । करिब १० दिनको लगातारको सुनुवाईपछि मुद्दाको टुङ्गो लगाउनुपर्ने भयो । मनमानेश्वरी भनेको के हो भन्ने बारेमा कतैबाट पनि उपयुक्त उत्तर पाउन सकिएन । तर प्रश्न अहम् थियो । करिव १०४ रोपनी जग्गा पाटनका प्रधानहरूले आफ्नो निजी गुठी भन्ने र त्यहाँ बसोवास गर्दै आएका मोहीहरूले राजगुठी नै हो भन्ने मूख्य विवाद थियो ।

जग्गाको फिल्डबुक हेरियो । प्रायः जग्गाको सबै विवरणमा मनमानेश्वरी गुठी भन्ने लेखिएको र केहीमा खाली छोडिएको थियो । मुद्दाको सुनुवाई सुरु भएदेखि नै मैले गुठीसम्बन्धी पुस्तकहरूको अध्ययन सुरु गरेँ । मेरा एक मित्र हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी, जसले गुठीसम्बन्धी केही किताबहरू पनि लेख्नुभएको थियो, उहाँसँग सल्लाह लिने प्रयास गरेँ । तर फेरि उहाँ पर्नुभयो कानून व्यवसायी । कुनै पक्षसँग सरोकार पो छ कि ? मुद्दाका विषयमा न्यायाधीश र कानूनव्यवसायीबीचको निकटता राम्रो हुँदैन भन्ने लाग्यो । के गर्ने भन्ने सोँचिरहेको थिएँ ।

म त्यसताका मालीगाउँमा वेदराम पोख्रेलको घरमा डेरा गरी बस्थेँ । टंगालको त्यो विवादित जग्गा त्यहाँबाट नजिकै थियो । मर्निङ वाकमा निस्कँदा टंगालमै घर भएका इतिहासविद् डा. प्रयागराज शर्मालाई झट्ट सम्झिएँ र भेट्ने निधो गरेँ । डेरामा आएर फोन डायल गरेँ । फोनमा भेट भयो र समय मागेँ । मुद्दाको निर्णय सुनाउने दिनभन्दा ठीक एकदिन अगाडि म उहाँलाई भेट्न गएँ ।

राजाले बडागुरुज्यूसँग गौदानको लागि आग्रह गर्नुभएछ । उक्त आग्रहमा बडागुरुज्यूले ‘पटक–पटक यस्तो घटना दोहोरियो, सरकार ! मैले यो गौदान लिन मिल्दैन अरु कसैद्वारा स्वस्ती–शान्ति गर्नुपर्ला’ भनेपछि दरबारसँग उहाँको खटपट नै परेको रहेछ । सो घटनापछि दोलखा भीमसेनको पसिना आएको र हिन्दुराज्यका राजाले धर्मको ख्याल नगरेकाले अब राजतन्त्रका दिन छोटिएका छन् भनी बडागुरुज्यूले मसँगको भेटमा गोप्य कुरा गर्नुभएको सम्झना छ ।

डा. प्रयागराज शर्मा नेपालका प्रकाण्ड विद्वान हुनुहुन्थ्यो । सानै उमेरमा इतिहासमा विद्यावारिधि गर्नुभएका उहाँ एसियाली अध्ययन संस्थानको डीनसमेत भैसक्नुभएका व्यक्ति हुनुहुन्थ्यो । बडा गुरुज्यू जूननाथ पण्डितका जेष्ठ सुपुत्र । नेपालको इतिहासका एउटा आधिकारिक स्रोत व्यक्तित्व ।

त्यसो त बडागुरुज्यूको धर्मपत्नी योगमायालाई दिदी ग्रहण गरेर काठमाडौंमा हुँदा उहाँसँग मैले तिहारमा टिका लगाउने गर्थें । दिदीको रूपमा उहाँलाई दण्डवत गर्न पाउनु र बडागुरुज्यूको सामिप्य हुन पाउनु मेरो लागि अहोभाग्य थियो । बडागुरुज्यू एक निष्ठावान विद्वान सत्य बोल्नबाट कहिल्यै पछि नहिँड्ने धर्मकर्म र ज्ञानका खानी अलिकति कट्टर हिन्दु पनि । उहाँसँगको एउटा विचित्रको प्रसङ्ग छ । डा. प्रयागराज स्वयम् आफ्नो वुवाको दर्शनमा जाँदा उहाँले– ‘तिमी म्लेच्छसँगको सङ्गतमा गएका छौ । गौदान पनि गरेका छैनौ । मेरो दर्शन गर्ने भए नुहाएर मात्रै आउनु’ भन्नुभएको थियो रे ।

उहाँको बारेमा अर्को एउटा रोचक प्रसङ्ग पनि छ । एकपटक राजा वीरेन्द्र इटली गएका बेला भोजमा वीफ (गाई-गोरुको मासु) परेछ । ‘झुक्कियो ! अब के गर्ने ?’ भनी राजाबाट बडागुरुज्यू समक्ष सोधनी हुँदा बडागुरुज्यूले अन्जानमा भएको भए गौदान गर्नुपर्छ भन्ने सल्लाह दिनुभएछ र गौदान गरिएछ । फेरि अर्कोपटक जापान जाँदा त्यस्तै घटना दोहोरिएपछि राजाले बडागुरुज्यूसँग गौदानको लागि आग्रह गर्नुभएछ । उक्त आग्रहमा बडागुरुज्यूले ‘पटक–पटक यस्तो घटना दोहोरियो, सरकार ! मैले यो गौदान लिन मिल्दैन अरु कसैद्वारा स्वस्ती–शान्ति गर्नुपर्ला’ भनेपछि दरबारसँग उहाँको खटपट नै परेको रहेछ । सो घटनापछि दोलखा भीमसेनको पसिना आएको र हिन्दुराज्यका राजाले धर्मको ख्याल नगरेकाले अब राजतन्त्रका दिन छोटिएका छन् भनी बडागुरुज्यूले मसँगको भेटमा गोप्य कुरा गर्नुभएको सम्झना छ । राजाको सुख धर्म र प्रजापालनमा हुनुपर्नेमा अन्यथा हुन गएको छ । राजसंस्थाको भविष्य अब धेरै लामो छैन भनी उहाँले ठोकुवा नै गर्नुभएको थियो ।

बडागुरुज्यू मेरो भान्दाजु पर्ने गंगाप्रसाद ढकालको फुपाजु हुनुभएकाले पनि मैले उहाँसँग अलि निकट हुने अवसर पाएको थिएँ । काठमाडौँ बसाइका क्रममा उहाँसँगको भेटघाटको संयोग मेरा लागि गौरव र सुखानुभूतिको कुरा थियो ।

उनै बडागुरुज्यूका जेष्ठ सुपुत्र इतिहासविद् डा. प्रयागराज शर्मालाई भेट्न म गएको थिएँ । भेट्नुपर्ने कारण खुलाउँदै मैले भने– ‘मनमानेश्वरी गुठी कस्तो गुठी हो ? हजुर त इतिहासविद् हुनुहुन्छ । आधिकारिक दस्तावेज केही भए पाउँथेँ कि भनेर हजुरकहाँ आएको म त ।’

उहाँले मनमानेश्वरी भनेको ‘लिच्छवीकालमा पशुपतिभन्दा पछाडि मान्ने देवता हुनु’ भन्ने प्रमाण देखाउनुभयो । धनबज्र बज्राचार्यको ताम्रपत्र भन्ने कितावमा यो कुरा लेखिएको छ भनेर देखाउनुभयो । त्यहाँ एउटा संस्कृतको श्लोक पनि थियो । डायरीमा श्लोक समेत नोट गरेँ । नेपाल एसीयाली अध्ययन संस्थानद्वारा प्रकाशित धनबज्र बज्राचार्य ग्रन्थकार रहेको ‘लिच्छवीकालका अभिलेख’ शीर्षकको पुस्तकको ३२४ पृष्ठमा पनि मनमानेश्वरीको बारेमा लेखिएको रहेछ । उक्त मनमानेश्वरी गुठी राजगुठी नै रहेछ भन्ने निश्चय गरी फर्किएँ ।

त्यो मुद्दा किन हाम्रै बेन्चमा पऱ्यो र किन लगातारको सुनुवाई भयो ? किन पाटनका प्रधानहरूले चाक्सीबारीदेखि सोर्स लगाए ? प्रधानहरूका पक्षमा केही मेरा शुभेच्छुकहरू समेतले प्रभाव पार्ने कोशिस किन गरे ? किन प्रधानहरूले निजी गुठी भनेको बेजोड तर्क वहश र प्रभावशाली अधिवक्ताहरूको जिकीरमा सहमत हुन नसकी गुठीका बारेमा इतिहास बुझ्न म डा. प्रयागराज शर्मा कहाँ पुगेँ ? यी सबै एउटा संयोग थिए ।

फिल्डबुकमा मनमानेश्वरी लेखिएको र मनमानेश्वरी देवता भएकाले उक्त नामको सबै गुठी जग्गा राजगुठी हो भन्ने फैसलामा उल्लेख गरियो । फिल्डबुकमा विवरण खाली रहेकाहरूको हकमा भने राजगुठी भन्ने उल्लेख गरिएन । उक्त फैसलाको बाहिर खुबै चर्चा भयो । कसै–कसैले आलोचना पनि गरे । एकजना किसानले ‘ममाथि अन्याय भयो, सबै राजगुठी हुने मेरो चाहिँ नहुने भनेर गुनासो गऱ्यो ।’ मैले यो फैसला नै अन्तिम होइन अझैँ पनि पुनरावेदनको बाटो छ भनी जानकारी गराएँ । पछि त्यो फैसलामाथि सर्वोच्चमा पुनरावेदन परेपछि के भयो ज्ञात भएन । पछ्याउने विषय पनि थिएन ।

उक्त मुद्दामा वहश गर्ने होराप्रसाद जोशी (जो ०१५ सालको संविधान निर्माण गर्दा सल्लाहकार पनि हुनुहुन्थ्यो कि जस्तो लाग्छ) ले एकदिन हामीलाई नै सुनाएर ‘आजकाल न्यायाधीशहरू नगदमा होइन जग्गामै रिश्वत लिन्छन्’ भन्नुभयो । पक्षले नै वहसमा उल्लेख नगरेको बुँदा किन राखियो ? फैसलामा संस्कृत श्लोक किन राखियो ? भन्ने पनि चर्चा चल्यो । तथापि धनबज्र बज्राचार्यको पुस्तकमा लेखिएको मनमानेश्वरीको वर्णन र संस्कृतको श्लोकलाई खण्डन गर्ने ताकत कसैसँग नहुनुपर्ने हो ।

त्यो मुद्दा किन हाम्रै बेन्चमा पऱ्यो र किन लगातारको सुनुवाई भयो ? किन पाटनका प्रधानहरूले चाक्सीबारीदेखि सोर्स लगाए ? प्रधानहरूका पक्षमा केही मेरा शुभेच्छुकहरू समेतले प्रभाव पार्ने कोशिस किन गरे ? किन प्रधानहरूले निजी गुठी भनेको बेजोड तर्क वहश र प्रभावशाली अधिवक्ताहरूको जिकीरमा सहमत हुन नसकी गुठीका बारेमा इतिहास बुझ्न म डा. प्रयागराज शर्मा कहाँ पुगेँ ? यी सबै एउटा संयोग थिए । मलाई लाग्छ चिन्तन–मनन र अध्ययनमा पनि कहिलेकाहीँ संयोगले ठूलो भूमिका खेलेको हुन्छ । डा. प्रयागराज शर्मा एक प्रकाण्ड विद्वानको सूचीमा पर्नुहुन्छ । जातीय व्यवस्था र संस्कृतिकरणका विषयमा लेखिएको उहाँको ‘Caste, social mobility and Sanskritisation’ भन्ने पुस्तक पछि अध्ययन गरेँ । समाजशास्त्रको स्नातकोत्तर तहमा उहाँको त्यो पुस्तक पाठ्यक्रममा समेत समाविष्ट रहेछ । उहाँसँगको त्यो संयोगजन्य भेट र कुराकानी मेरा लागि जीवनोपयोगी सिद्ध भयो ।

मुद्दा आफ्नो ठाउँमा हुन्छ, तर मानिसका धारणा र सोच अनि दृष्टिदोष जे भए पनि आफूलाई आत्मसन्तुष्टि हुने तौरतरिका र आधिकारिकतासहितको अध्ययन न्यायाधीशमा हुनुपर्छ भन्ने मेरो ठम्याई रहेको छ ।

यो पनि हेर्नुहोस्-

त्यो अडान, जसले नजीर स्थापना गऱ्यो
https://ghatanarabichar.com/100876