गर्मीयाम शुरु भएसँगै किङफिसरका नयाँ प्रडक्ट नेपाली बजारमा

गर्मीयाम शुरु भएसँगै किङफिसरका नयाँ प्रडक्ट नेपाली बजारमा


यतिबेला बियर बजारमा प्रतिस्पर्धा बढ्न बढ्न थालेको छ । गर्मीयाम शुरु भएसँगै किङ फिसरका नयाँ बियर नेपाली बजारमा भित्रिएका छन् ।
युनाइटेड ब्रुअरीज लिमिटेडले किङफिसरका नयाँ बियर नेपाली बजारमा भित्र्याएको छ । कम्पनीले यति बु्रअरीसँगको सहकार्यमा किङफिसर प्रिमियम तथा किङफिसर स्ट्रङ नेपाली बजारमा भित्र्याएको हो ।

दुई साताअघि मात्र बजारमा सफ्ट लन्च भएको प्रख्यात ब्रान्ड किङगफिसरको शुक्रबार साँझ नेपालमा औपचारिक शुभारम्भ गरिएको हो । घरेलु बजारमा थपिएको बियरको नयाँ ब्रान्डले यो गर्मीलाई छल्न एउटा विकल्पको सूची पनि थपिएको छ । कम्पनीको इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत शेखर रामामूर्तिले बियर सार्वजनिक गरेपछि उनीसँगै युनाइटेड बु्रअरी इन्डियाका बरिष्ठ उपाध्यक्ष पेरी गोजका साथै नेपालमा किंगफिसर बियर उत्पादन गर्ने यती बु्रअरीका निर्देशक विशाल अग्रवाल र सन्जीव सर्राफले बियरलाई सार्वजनिक गरेका थिए । उनिहरुले आफ्ना उत्पादन विभिन्न देशहरुमा विस्तार गर्ने योजना अनुरुप नेपाली बियर पारखीहरुको लागि नेपाली बजारमा पनि किङफिसर बियर प्रस्तुत गरेको बताए । ‘युवा, समकालीन तथा रमाइलो ब्राण्ड, किङफिसरले निरन्तर आफ्ना उपभोक्ताको साथ रमाइलो तवरले आफूलाई जोड्दै आएका छौं ।’ यती बु्रअरीका निर्देशक अग्रवालले भने, ‘नेपाली बजारमा हामी सफल भएका छौं ।’

नेपाल अधिराज्यभरका सम्पूर्ण विक्रीकक्षमा किङफिसर प्रिमियम तथा स्ट्रङ उपलब्ध रहेको छ । किङफिसर प्रिमियम ६५० एमएलको बोटलमा उपलब्ध रहेको छ । जसको मूल्य २७५ रुपैंयाँ रहेको कम्पनीले जनाएको छ । त्यसैगरी ५ सय एमएलको क्यानको मूल्य २१०, किङफिसर स्ट्रङ ६५० एमएल बोटलको मूल्य २३५ र क्यानको मूल्य १८० रुपैंयाँ तोकिएको कम्पनीले जनाएको छ । दुई ठूला कर्पाेरेट घरानाको लगानीमा स्थापित यति बु्रअरीले किङफिसर उत्पादन गरेको हो । कम्पनीले यसअघि अर्ना ब्रान्डमा बियर उत्पादन गरिसकेको छ ।

सो अवसरमा एक दर्जन मोडलहरुले आफ्नो क्याटवाकको जादु देखाएका थिए । ¥याम्पको ओपनर मोडलमा सविता कार्कीदेखि पहिलो श्रृंखलाको सोज स्टपर प्रियंका कार्कीलाई उतार्दासम्म दर्शकहरु ‘द किंग अफ गुड टाइम’को मुडमा देखिएका थिए ।