टेक्सासको स्कुलमा गोलीकाण्ड, दशको गयो ज्यान

टेक्सासको स्कुलमा गोलीकाण्ड, दशको गयो ज्यान


अमेरिकाको टेक्सास राज्यस्थित एक स्कुलमा एक बन्दुकधारी छात्रले बन्दुक चलाउँदा कम्तीमा दशजनाको ज्यान गएको छ भने अन्य केही घइते भएका छन् । मृत्यु हुनेमा अधिकांश स्कुले विद्यार्थी नै रहेका छन् ।

ह्युस्टनदेखि करिव पचास किमि टाढा सेन्ट फे हाइस्कुलमा उक्त कोली काण्ड भएको हो । घटनालगत्तै दुई छात्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यी दुईमध्ये एक गोलीकाण्डका दोषी रहेको अनुमानमा प्रहरीले अनुसन्धान गरिरहेको एजेन्सीहरूले जनाएका छन् ।

अमेरिकामा यस वर्ष स्कुलमा गोली हानिएका घटनामध्ये यो २२औँ हो । एक वर्षभित्र विभिन्न घटनामा जति अमेरिकी सेनाको मृत्यु भएको छ, स्कुलमा भएको गोलीकाण्डका बारण त्योभन्दा बढी छात्रछात्रा तथा अन्य मानिसले जीवन गुमाउनु परेको बताइएको छ ।

तस्बिर गुगल