बास्केटबलमा बीएनए र एलएनए फाइनलमा

बास्केटबलमा बीएनए र एलएनए फाइनलमा


तेश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) फाइनलमा प्रवेश गरेका छन् ।

बीएनएले ओडिसी इन्टरनेसनल एकेडेमीलाई ३१–१७ ले पराजित गरेको थियो । बीएनएको जितमा सम्यम चापागाईंले १५ अंकको योगदान गरेका थिए । प्रिन्स केसीको १४ अंक सहयोगमा लालीगुराँसले एन्जल्स हार्टलाई ३२–१७ ले पराजित गरेको थियो ।

सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा भ्याली पब्लिक र ग्रिनल्यान्ड फाइनलमा पुगेका छन् । सिनियर गल्र्सको थ्री बाइ थ्री उपाधि भिडन्त महामञ्जुश्री र ग्रिनल्यान्डबीच हुनेछ । फाइनल जेठ ४ गते शुक्रबार हुँदैछ ।