उपन्यास ‘सन्त्रास’माथि अन्तरक्रिया

उपन्यास ‘सन्त्रास’माथि अन्तरक्रिया


कार्यक्रमकी प्रमुख अतिथि साहित्यकार माया ठकुरीले ‘सन्त्रास’बारे प्रस्ट्याउँदै उपन्यासले हाम्रो विचार, भावना र संस्कारलाई प्रस्तुत गरेको बताइन् । उनले उपन्यास आकर्षक भए पनि यसमा केही अस्वाभाविक प्रसङ्ग रहेको उल्लेख गरिन् ।

कार्यक्रमका संयोजक प्रा.डा. सनतकुमार वस्तीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै विगत डेढ वर्षदेखि यस कार्यक्रमका माध्यमबाट विभिन्न कृतिमाथि गहन छलफल गर्दै आएको बताए ।

तीर्थराज वन्तको सभापतित्वमा अनौपचारिक रूपमा सम्पन्न ‘सन्त्रास’माथिको अन्तरक्रियामा निशा केसी, सरिता अर्याल, मुरारीविनोद पोखरेल, नीराजन, डा. जीवन अधिकारी, मदनराज थापा, भक्तराज रञ्जित, रमेश शुभेक्षुकलगायतले पुस्तकका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा उपन्यासकार ढकाल, राधेश्यामले अन्तरक्रियामा उठेका विभिन्न प्रश्नको जवाफ दिएका थिए ।