प्रशिक्षक उत्पादन गर्न फेन्सिङको सोलिडारिटी कोर्ष

प्रशिक्षक उत्पादन गर्न फेन्सिङको सोलिडारिटी कोर्ष


नेपाल फेन्सिङ संघको आयोजना तथा नेपाल ओलम्पिक कमिटिको सहयोगमा दक्ष प्रशिक्षक उत्पादन गर्ने उद्धेश्यले ‘Olympic Solidarity Technical Course for Coaches in Fencing’ सुरु भएको छ ।

उक्त कोर्षको राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव लामा टेण्डी शेर्पाले जेठ ३ गते विहिवार उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै उपाध्यक्ष शेर्पाले कोर्षबाट प्रशिक्षकहरुले नयाँ ज्ञान हासिल गर्दै विभिन्न तह र तप्कामा खेलाडी उत्पादनमा उक्त ज्ञानलाई प्रयोग गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरेमा प्राप्त ज्ञानको उपलब्धि हुने बताएका थिए ।

आगामी २०१९ मा नेपालमा आयोजना हुने दक्षिण एशियाली खेलकुद प्रतियोगितामा नेपालले पदक हात पार्न यस कोर्षको ज्ञानले मद्धत पुग्ने लामाले बिश्वास ब्यक्त गरेका थिए ।

६ दिने प्रशिक्षक प्रशिक्षण कोर्षमा १५ प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । प्रशिक्षार्थीहरुलाई अन्तर्राष्ट्रिय फेन्सिङ्ग महासंघका विज्ञ प्रशिक्षक फ्रान्सेली नागरिक मी ताहोनले प्रशिक्षण प्रदान गर्ने छन् ।

ताहोन ईङ्गल्याण्डको राष्ट्रिय टिमका प्रशिक्षक समेत रहिसकेको नेपाल फेन्सिङ्ग संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठले जानकारी गराए ।