एनसीसी बैंक र एभरेष्ट इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

एनसीसी बैंक र एभरेष्ट इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे ।

यस सम्झौताअन्तर्गत एनसीसी बैँकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा एभरेष्ट इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जीवन बीमालेखहरु एनसीसी बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुने बताइएको छ ।