सिडनीमा नेपालीको अर्को कलेज

सिडनीमा नेपालीको अर्को कलेज


राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

उच्च शिक्षा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि यतिबेला अष्ट्रेलिया आकर्षक मुलुक बनेको छ । पछिल्लो समय अध्ययनका लागि नेपाली विद्यार्थीको पनि संख्या बढ्न थालेसँगै यहाँ रहेका नेपालीहरू पनि कलेज सञ्चालनतर्फ लागिपरेका छन् । यसैबीच अष्ट्रेलिया बस्दै आएका नेपालीहरूले सञ्चालन गरेका कलेजहरूले पनि राम्रै प्रशंसा कमाइरहेका छन् ।

कलेज सञ्चालनसँगै विद्यार्थीहरूलाई नयाँ सोचका साथ अध्ययन गराउने उद्देश्य बोकेर नेपालीहरूकै लगानी र रेखदेखमा अर्को किंग्स फोर्ड इन्टरनेशनल इन्स्टिच्यूट नामक कलेज पनि सञ्चालनमा आएको छ ।

सिड्नीको मुटु सेन्ट्रल स्टेशनसँगै रहेको यो कलेज लोकेशनको हिसाबले पनि उपयुक्त मानिएको छ । ‘विद्यार्थीका लागि सजिलो लोकेशन पनि हाम्रो उद्देश्य थियो त्यो मामिलामा पनि हामीले सम्झौता गरेनौँ,’ कलेजका निर्देशक राज खनालले बताए ।

कलेजले विद्यार्थीहरुको क्षमता र दक्षताको आधारमा छात्रवृत्तिको पनि ब्यवस्था गरेको कुरा खनालले बताए । ‘हाल भएका कलेजहरूको दाँजोमा फरक तरिकाले विद्यार्थीहरूको मनोभावनाको अध्ययन गरेर शिक्षा प्रदान गर्ने हाम्रो सोच र योजना छ,’ कलेजका अर्का निर्देशक भीम खरेलले जानकारी दिए ।

किंग्स फोर्ड इन्टरनेशनल इन्स्टिच्यूटमा हाल डिप्लोमा अफ विजनेश, डिप्लोमा अफ आइटी, डिप्लोमा अफ प्रोजेक्ट मेनेज्मेन्ट र एडभान्स डिप्लोमा अफ आइटी प्रोजेक्ट मेनेज्मेन्टको अध्ययन गराइने छ भने आगामी दिनमा अन्य विषयहरू पनि थपिने जानकारी दिइएको छ । कलेजका बजार ब्यवस्थापक प्रकाश खरेलले आफूहरू यो कलेजलाई सबै विद्यर्थीहरूको पहुँच पुग्ने कलेजको रूपमा अगाडि बढाउन लागि पर्ने कुरा बताए ।