पौडी सङ्घको आयोजनामा ‘फिना क्लिनिक’

पौडी सङ्घको आयोजनामा ‘फिना क्लिनिक’


नेपाल पौडी सङ्घको आयोजनामा फिना टेक्निकल क्लिनिक फर स्विमिङ कोचेज हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलमा सुरु भएको छ ।

क्लिनिकमा ५७ जनाको सहभागिता रहेको पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जनाएका छन् । उनीहरूलाई पाँच दिनसम्म फिना एक्सपर्ट मिगुएल एन्जल लोपेजले प्रशिक्षण दिनेछन् ।

क्लिनिकको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवम् नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले उद्घाटन गरे ।