सन्दिप लामिछाने ‘वर्ल्ड ११’ मा छनोट

सन्दिप लामिछाने ‘वर्ल्ड ११’ मा छनोट


नेपालका चर्चित युवा क्रिकेटर सन्दिप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने आइसिसी ‘वर्ल्ड ११’मा छनोट भएका छन् । सन्दिपका लागि यो खेल ऐतिहासिक हुनेछ भने नेपाली खेल क्षेत्रका लागि पनि ठुलो गौरवको सन्दर्भ बन्ने छ ।

‘वर्ल्ड ११’ खेल ३१ मे का दिनमा इङ्ग्याण्डको लर्डसमा हुने आयोजकले जनाएको छ । बंगालादेशका सकिव अल असनले खेल नखेल्ने भनेर नाम फिर्ता लिएपछि सन्दिपलाई यो अवसर जुरेको हो । वेष्ट इण्डिज टि ट्वाण्टी वर्ल्ड कपको विजेता टोली हो । डिभिजन २ र विश्वकप छनोट खेलमा उत्कृष्ट प्रदर्शन गरैका सन्दिपले इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली डेयरडेभिल्सबाट खेलेर राम्रो प्रदर्शन गरिसकेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट खेलहरुमा सन्दिप नै नेपालका खेलाडीमध्ये हालसम्म सहभागी हुने र उत्कृष्ट प्रदर्शन गर्नेमा सबैभन्दा अगाडि देखिएका छन् । क्रिकेट पारखी खेलप्रेमीका लागि स्पेनिङ खेलाडी १७ वर्षीय सन्दिपको खेल धेरैले रुचाउन गरेका छन् ।