तटबन्ध निर्माणका लागि १८० मिलियन उपलब्ध

तटबन्ध निर्माणका लागि १८० मिलियन उपलब्ध


नेपालका बागमती, लालबकैया र कमला नदीमा नदी तालिम तथा तटबन्ध निर्माणका लागि भारत सरकारले १८ करोड ७४ लाख प्रदान गरेको छ । उल्लिखित नदीमा तटबन्धको निम्ति योगदानस्वरुप उपलब्ध गराइएको सो रकमको चेक नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयका सचिव डा. सञ्जय शर्मालाई हस्तान्तरण गरेका छन् ।

नदी तालिम तथा तटबन्ध निर्माण कार्यअन्तर्गत लालबकैया, बागमती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने कार्य गरिन्छ, जसले यी नदीप्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौँ जनतालाई लाभ पुऱ्याउने अपेक्षा गरिएको छ ।

उक्त रकम हस्तान्तरणसमेत नेपाललाई भारत सरकारले सन् २००८ देखि हालसम्म नदी तालिम र तटबन्धका लागि १३ किस्ता प्रदान गरिसकेको बताइएको छ, यसअनुसार भारतले नेपाललाई प्रदान गरेको सहयोग कुल ४.६८ बिलियन रूपैयाँ हुन आउँछ । मित्रराष्ट्र भारत नेपालसँग नदी तालिम, बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापनका क्षेत्रमा निकट रहेर थप सहकार्य गर्न प्रतिबद्ध रहेको राजदूत पुरीको भनाई छ ।