उपराष्ट्रपति चिल्ड्रेन गेम्स हुने

उपराष्ट्रपति चिल्ड्रेन गेम्स हुने


काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा काठमाडौं जिल्लास्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्स जेठ ५ गते हुने भएको छ ।

प्रतियोगितामा कराते, तेक्वान्दो, उसु र एथलेटिक्समा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जनाएका छन् । कराते र तेक्वान्दोमा समान ८–८, उसुमा ६ तथा एथलेटिक्समा १० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

एकदिने प्रतियोगिताका खेलहरू राष्ट्रिय खेलकुद परिषद्को हातामा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १ लाख ८० हजार रुपैयाँ खर्च हुने आयोजक समितिका कार्यालयप्रमुख लीलाराम बस्नेतले जानकारी गराए ।

यसै प्रतियोगिताबाट जेठ ७ र ८ गते काठमाडौंमै हुने प्रदेश नम्बर ३ स्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्सका लागि खेलाडी छनोट हुनेछन् ।