एसियाली सर्कल कबड्डीमा नेपाल तेश्रो

एसियाली सर्कल कबड्डीमा नेपाल तेश्रो


मलेसियाको क्वालालम्पुरमा भएको प्रथम एसियाली महिला सर्कल कबड्डी च्याम्पियनसिपमा नेपाल तेश्रो भएको छ ।

प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहेको टोली प्रशिक्षक पशुपति प्रजापतिले जानकारी गराए । सहभागी टिमलाई २ समूह विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको थियो ।

नेपाल रहेको समूह ‘ए’ मा भारत र थाइल्यान्ड थिए । पाकिस्तान, इन्डोनेसिया र मलेसिया समूह ‘बी’ मा थिए । समूह चरणमा नेपालले थाइल्यान्डलाई ४९–२२ ले पराजित ग¥यो । अर्को खेलमा भारतले नेपाललाई ४३–२२ ले पराजित गरेको थियो । भारतसंगको पराजयले नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

सेमिफाइनलमा नेपालले समूह ‘बी’ को विजेता पाकिस्तानको सामना गरेको थियो । त्यसमा नेपाल पाकिस्तानसंग ४०–४४ ले पराजित भएपछि तेश्रो स्थानमा सीमित भएको हो । नेपालसंगै इन्डोनेसिया संयुक्त रुपमा तेश्रो भए । भारत पहिलो र पाकिस्तान दोश्रो भए ।

मेणुकाकुमारी राजवंशीको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा हरिना थापा, सवित्रा बस्नेत, मानमति विष्ट, कल्पना थापा, केली गुरुङ, अन्जु कुलुङ राई, सन्जना तामाङ, भुवनेश्वरी जोशी, कमला थापा, नितु गुरुङ र फुपा लोप्चन रहेका छन् ।

प्रशिक्षकमा पशुपति प्रजापति, सहायक प्रशिक्षकमा पार्वती राई, व्यवस्थापकमा सुन्दर प्रजापति र अफिसियलमा कुमार आले टोलीसंगै मलेसिया गएका थिए । प्रतियोगिता मे ११ देखि १३ तारिखसम्म भएको थियो । अखिल नेपाल कबड्डी संघका अनुसार दक्षिण एसियाली मुलुक बाहिरा नेपाली महिला कबड्डी टोलीले पहिलो पटक प्रतिस्पर्धा गरेको हो ।