लिङकन कप फुटसल कप हुने

लिङकन कप फुटसल कप हुने


लिङकन एजुकेसनल कन्सल्टेन्सी, डिल्लीबजारको आयोजनामा प्रथम लिङकन कप अन्तरकलेज फाइभ ए साइड फुटसल प्रतियोगिता जेठ १२ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा १२ टिमको सहभागिता अपेक्षा गरिएको आयोजकका प्रबन्ध–निर्देशक अभिमान शर्माले जनाएका छन् । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछन् । दुईदिने प्रतियोगिताका खेलहरू मण्डिखाटारस्थित ग्रास रुट रिक्रिएसनल सेन्टरमा हुनेछन् ।