खेलकुदमन्त्रीद्वारा विभिन्न पूर्वाधार निरीक्षण

राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा निर्माणाधीन हिटिङ पुल, कराते भवन र मर्मत भइरहेको पौडीपोखरीको निरीक्षण गरेका छन् ।

सातदोबाटोपछि खेलकुदमन्त्री विश्वकर्माले च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको निरीक्षण गरेका थिए । १३औँ दक्षिण एसियाली खेलकुदलाई लक्षित गरी सेन्टरको पनि स्तरवृद्धि कार्य भइरहेको छ ।

सो अवसरमा खेलकुदमन्त्री विश्वकर्माले निर्माण कार्यको जिम्मेवारी पाएका संस्था र परिषद्का इन्जिनियरलाई समयमा काम सम्पन्न गर्न र गुणस्तरमा विशेष ध्यान दिन निर्देशन दिएका थिए ।

राखेपका सदस्यसचिव केशवकुमार विष्ट, परिषद्का इन्जिनियर, पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्य, निर्माणकार्यको जिम्मेवारी पाएका संस्थाका प्रतिनिधिले कार्य प्रगतिबारे खेलकुदमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया