तपाईंको यो साता (राशिफल २–८ जेठ, ०७५)

तपाईंको यो साता (राशिफल २–८ जेठ, ०७५)


पं. नारायणप्रसाद दुलाल
(ज्योतिषाचार्य/वास्तुविद)

मेष
आफन्तको प्रगतिमा मन रमाउनेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । पुनर्मिलनको योग रहेको छ । व्यापार–व्यवसायमा फाइदा होला । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृष
वाहन लाभ हुने समय छ । आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ हरियो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । साताको अन्त्यबाट ठूला व्यक्तिले तपाईंका मिहिनेतको प्रशंसा गर्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । सजिलै अरूको विश्वास जित्न सकिनेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्म्मीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुनेछन् । पारिवारिक सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । यो साताका लागि शुभअङ्क ४, ८ र शुभरङ रातो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

सिंह
आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । स्वादिष्ट भोजन गर्न पाइनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । शत्रु पराजित हुनेछन् । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ गाढा पहेँलो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व आफ्नो इष्टदेवको स्मरण गरी यात्रा गर्दा लाभ मिल्नेछ ।

कन्या
अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । स्वास्थ्य तथा सौन्दर्यमा धन खर्च हुनेछ । पारिवारिक समस्या रहला । साताको पहिलो दिनबाट नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । यो साताका लागि शुभअङ्क १, २ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि माता दुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला
जोस, जाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म, परोपकार, समाजसेवाजस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साताको अन्त्यमा आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क ५, ८ र शुभरङ गुलाबीे हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

वृश्चिक
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तीर्थाटनको योग छ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आँटेकोे र ताकेको कार्य पूरा हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

धनु
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलङ्कार प्राप्ति हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी हुनेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ सेतो वा पहेँलो हो । शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मकर
झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । सौन्दर्यमा धन खर्च हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । साताको अन्त्यबाट मनपर्ने व्यक्तिको साथ पाइएला । साताको पूर्वार्धमा अरूको भरपर्दा धोकामा परिनेछ । मनमा निराशा र शरीरमा आलस्य आउला । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ पहँेलो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्कोे स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ
आकस्मिक धनलाभ हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ खैरो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

मीन
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । साताको पहिलो दिनबाट राजनीतिक चर्चा रहनेछ । आँटेकोे र ताकेको कार्य पूरा होला । पारिवारिक सद्भाव बढ्नेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ कालो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको आराधना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।