सांसद अमरेशकुमार कड्किए- ‘मोदीको भ्रमणले राष्ट्रियता कमजोर’

सांसद अमरेशकुमार कड्किए- ‘मोदीको भ्रमणले राष्ट्रियता कमजोर’


नेपाली काङ्ग्रेसका सांसद डा. अमरेशकुमार सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले राष्ट्रियतालाई कमजोर बनाएको बताउनुभएको छ । गत सोमबार संसदमा बोल्दै उहाँले जनकपुरलाई भारतमा मिसाउने भारतीय सांसदको ट्विटप्रति सरकारको मौनता आश्चर्यजनक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– दुई देशका प्रधानमन्त्रीबीच वान टु वान वार्ता हुँदा परराष्ट्र मन्त्रालयका कर्मचारीलाई राखिएन । उहाँहरूले के कुरा गर्नुभयो भन्ने कुरा ‘इन्स्टिच्युसनल मेमोरी’ मा हुनुपर्छ । पारदर्शिता लोकतन्त्रको मेरुदण्ड हो, तर यो भ्रमणमा पारदर्शिता देखिएन ।

संसद्लाई सम्बोधन गर्दै उहाँले प्रश्न गर्नुभयो– सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीका कारण आमनागरिक त्रसित छन् । यस्ता कुरालाई भ्रमणमा कतै समेटिएन, यो कस्तो स्वाभिमान हो ? धर्मनिरपेक्षताको शपथ खाएको सरकारले धार्मिक भ्रमणमा रमाउन मिल्छ कि मिल्दैन भन्दै सांसद सिंहले भन्नुभयो— राष्ट्र र राष्ट्रियताको पक्षमा हामी पछि हट्दैनौँ ।