युरिकएसिड, बाथ, हाई ब्लडप्रेसरका दुश्मन : गर्छन् नाडी छामेर उपचार

युरिकएसिड, बाथ, हाई ब्लडप्रेसरका दुश्मन : गर्छन् नाडी छामेर उपचार


नेपालको प्राकृतिक सुन्दरताबारे सुनेकै भरमा जापानी युवा रियुचिरो हिराकावा चार–पाँच महिनाअघि नेपाल घुम्न आएका थिए । तर, केही दिनका लागि घुमघाम गर्न आएका रियुचिरो यतिबेला नेपालमै बसेर गरिब, असहाय, अशक्त नागरिकको स्वास्थ्योपचारमा समर्पित हुने अठोटमा पुगेका छन् । नेपालको प्राकृतिक सुन्दरता र नेपालीजनको सरलपन तथा आत्मीय व्यवहारले उनलार्ई मोहनी लगाएको छ । टुरिष्टको रूपमा आएका रियुचिरो आखिर कसरी नेपालको मोहमा परे ? को हुन् त रियुचिरो ?

जापानको ओशाकामा २९ वर्षअघि जन्मिएका रियुचिरो हिराकावा एक्युपङ्चर/एक्युप्रेसरसम्बन्धी चिकित्सक हुन् । उपचारको यस विधिमा उनीसँग दश वर्षको अध्ययन छ । एक्युपङ्चर/एक्युप्रेसरको विज्ञ उनले जापानका अलावा ताइवान, थाइल्यान्ड र चीनमा यससम्बन्धी शिक्षा हासिल गरेका हुन् । कुनै पनि व्यक्तिको नाडी छामेरै उनी व्यक्तिभित्रका कमजोरी वा स्वास्थ्य–समस्या ठहर गर्न सक्छन् । नाडीका आधारमा रोग निदान गरेपछि उनी उपचारको निम्ति एक्युपङ्चर/एक्युप्रेसर विधि प्रयोगमा ल्याउँछन् ।

खासगरी युरिक एसिड, बाथ, हाई ब्लडप्रेसरजस्ता समस्यामा रोगको अवस्था (चरण) हेरी उनी उपचारविधि अपनाउँछन् । शुरुवाती चरणको समस्यामा एक–दुई या केही दिनमै र समस्या छिप्पिइसकेको छ भने दुई–चार महिना वा एक–डेढ वर्ष नै पनि लाग्न सक्छ । तर, सही उपचार नपाएर हार खाई निराश बन्न पुगेका बिरामीलार्ई पनि ठीक पारेर जीवनप्रति आशावादी तुल्याइदिन सक्छन् रियुचिरो ।

युरिक एसिड, बाथ, हाई ब्लडप्रेसरजस्ता समस्यामा रोगको अवस्था (चरण) हेरी उनी उपचारविधि अपनाउँछन् । शुरुवाती चरणको समस्यामा एक–दुई या केही दिनमै र समस्या छिप्पिइसकेको छ भने दुई-चार महिना वा एक-डेढ वर्ष नै पनि लाग्न सक्छ । तर, सही उपचार नपाएर हार खाई निराश बन्न पुगेका बिरामीलाई पनि ठीक पारेर जीवनप्रति आशावादी तुल्याइदिन सक्छन् रियुचिरो ।

रियुचिरोको नेपाल आगमनको केही दिन मात्र बितेको थियो । उनी ठमेलको कुनै होटेलमा थिए । त्यहाँ युरिक एसिडको समस्याले छटपटिइरहेका एक विदेशी नागरिक भेटिए । उनले ठाउँको ठाउँ एक्युपङ्चर विधि प्रयोग गरी उपचार गरिदिए । एकछिनअघि कष्टले छटपटिएका व्यक्ति रियुचिरोको हात परेपछि सञ्चो भई मुस्कुराउन थाले । यो सबै गतिविधि नजिकै बसेर नियालिरहेका थिए पोखराका होटेल व्यवसायी अकल गुरुङ । अकलकी श्रीमती निकै समयदेखि बाथको समस्याले ग्रस्त थिइन् । अकलले उनलार्ई आफ्नो परिवारको समस्या बताएर उपचारका लागि पोखरा गइदिन अनुरोध गरे । घुम्न आएका रियुचिरोलार्ई यसै पनि पोखरा त जानु नै थियो ।

सेवाभावले ओतप्रोत उनी अकलसँगै पोखरा पुगे । केही दिनको नियमित उपचारपछि लुम्बिनी होटेलका मालिक अकलकी श्रीमतीले स्वस्थ महसुस गर्न लागिन् । यो सन्दर्भले स्थानीयस्तरमा चर्चा पायो । युरिक एसिड, बाथ, प्रेसरलगायत समस्याले पीडित बनेकाहरूको लुम्बिनी होटेलमै लाइन लाग्न थाल्यो । रियुचिरोले पनि झिँजो नमानी उपचार–सेवा प्रदान गर्न लागे । हजारौँ रकम खर्च गर्दा निको नभएको बेथा दुई सय पन्ध्र रुपैयाँमै ठीक हुन थालेपछि मानिसको भिड त लाग्ने नै भयो । उपचारको पहुँच र खर्चको सामथ्र्य नभएका सबैलार्ई निःशुल्क सेवा गर्ने अभीष्ट पालेका रियुचिरोले आफ्नो पकेटका लागि नभई सम्बन्धित बिरामीको उपचारका लागि आवश्यक पर्ने सियोलगायत सामग्रीका निम्ति मात्र उल्लिखित रकम लिने गरेका, नसक्नेसँग त्यो पनि नलिई स्वयमसेवा गर्ने गरेका छन् ।

नेपालमा रोगअनुसारको सुविधासम्पन्न अस्पतालको सुविधा छैन, अधिकांश नेपालीसँग उपचारमा पर्याप्त खर्च गर्ने रकम छैन भन्ने जानकारी पाएपछि खासगरी गरिब नागरिकलार्ई सेवा दिने अभीष्ट रियुचिरोले पालेका छन् । पोखरा र आसपासका गाउँ घुम्ने क्रममा उनलार्ई नेपालीहरू अत्यन्तै इमानदार, मिजासिला र असल लागे । आफ्नो घर–परिवारदेखि निकै टाढाको बिरानो स्थानमा पनि उनले आफूलार्ई एक्लो तथा असुरक्षित महसुस गरेनन् । फलतः नेपालमै रही आफ्नो विज्ञता प्रयोग गरेर बिरामीको सेवा गर्न चाहन्छन् उनी ।

रियुचिरोका अनुसार एक्युपङ्चर/एक्युप्रेसर विधि उपचारको यस्तो विधि हो जो कुनै पनि ठाउँमा, कुनै पनि बेला उपचार सेवा दिन सकिन्छ । कुनै महँगा आधुनिक उपकरण आवश्यक नपर्ने, खास खर्च पनि नलाग्ने हुनाले आफूले कसैलार्ई पनि जुनकुनै बेला सेवा प्रदान गर्न सकिने ठानेर यो विधा अध्ययन गरेको बताउँछन् उनी ।

रियुचिरोका अनुसार एक्युपङ्चर/एक्युप्रेसर विधि उपचारको यस्तो विधि हो जो कुनै पनि ठाउँमा, कुनै पनि बेला उपचार सेवा दिन सकिन्छ । कुनै महँगा आधुनिक उपकरण आवश्यक नपर्ने, खास खर्च पनि नलाग्ने हुनाले आफूले कसैलार्ई पनि जुनकुनै बेला सेवा प्रदान गर्न सकिने ठानेर यो विधा अध्ययन गरेको बताउँछन् उनी । नेपालजस्तो मुलुक, जहाँ स्वास्थ्य उपचारको पहुँचबाट अधिकांश नागरिक टाढा र आर्थिक रूपले असक्षम छन्, यसले स्वयंसेवा गर्ने आफ्नो सानैदेखिको अभीष्टलार्ई जगाएको उनको भनाइ छ ।

अध्ययनका क्रममा र अध्ययनपछि पनि जापानमै विभिन्न क्लिनिक एवम् हस्पिटलमा प्राक्टिस गरेका रहेछन् रियुचिरोले । नेपाल आएको तीन–चार महिनामै दिनको सरदर २५–३० जनाको दरले सयौँको उपचार गरिसकेका छन् उनले । कमाउने उद्देश्य भएको भए निकै आर्जन गर्ने अवसर थियो उनलार्ई, तर आफ्नो ज्ञानलार्ई सेवामै समर्पण गर्ने उनको उद्देश्यले कमाउधमाउको माध्यम तुल्याउने कुनै सोच छैन उनमा । एक्युपङ्चरको पनि ‘आधुनिक पद्धति’का ज्ञाता हुनाले उनले चाहना गर्ने हो भने क्यानडा, अमेरिकालगायत यस्तै कुनै पनि विकसित मुलुकमा आफूलार्ई जतिबेला पनि अवसर मिल्न सक्ने बताउँछन् उनी ।

तर, आफ्नो विशेषज्ञतालार्ई धन आर्जनको माध्यम बनाउनु नै छैन रियुचिरो हिराकावालार्ई । गरिब नागरिकलार्ई सेवा दिने मुख्य उद्देश्य या एक्युपङ्चर/एक्युप्रेसरबाट लाभ पुग्ने बिरामी, जोसँग हस्पिटल जाने पैसा छैन, त्यस्तालार्ई प्राथमिकता दिने रियुचिरोको सोच छ । माहोल मिले नेपालमै एक्युपङ्चर/एक्युप्रेसरसम्बन्धी क्लिनिक सञ्चालन गर्ने ध्येय उनमा जो पलाएको छ, यहाँको सुन्दरता र नेपालीको मिलनसारिताकै कारण रहेको उनी दोहोऱ्याउँछन् । रोगीको उपचार गर्ने मात्र नभई इच्छुक नेपालीलार्ई आफ्नो ज्ञान बाँड्न या एक्युपङ्चर/एक्युप्रेसरको तालिम पनि दिन चाहन्छन् उनी । तर, नेपालमा रहेर सेवा गर्न भिसाको समस्या परेकोमा उनी दुःख प्रकट गर्छन् ।

‘सामान्य अनुशासन पालना गरे पैसा खर्च नगरी मानिसले आफ्नो स्वास्थ्य सकुशल राख्न सक्छ । नुनिलो, गुलियो र चिल्लो अत्यन्त कम प्रयोग गर्ने, समय मिलाएर थोरै–थोरै खाना खाने, हरेक दिन पच्चीस मिनेट या त्योभन्दा बढी छिटो गतिमा हिँड्ने, तनावबाट टाढा रहन कोसिस गर्ने र अनिवार्य रूपमा दिनमा कम्तीमा सात घन्टा निदाउने गरेमा सामान्यतया मानिस निरोगी भएर हाँसिखुसी जीवन बिताउन सक्छ ।’

ओशाका (जापान)मा रियुचिरोका आमाबुबा र दुई दिदी छन् । रियुचिरो घरदेखि टाढा पुगेकोमा शुरु–शुरुमा परिवारजन चिन्तित थिए, तर अहिले चिन्ता गर्न छोडेका उनी बताउँछन् । किनकि आफूले नेपालमा सहयोगी र शुभचिन्तकहरू भेटेकोले ढुक्क रहन आग्रह गरेका छन् उनले घर–परिवारलार्ई । अविवाहित रियुचिरो बिहेबारे अझै पाँच–सात वर्ष सोच्दै नसोच्ने बताउँछन् । आफूबाट उपचार पाएर जब कुनै बिरामीले आनन्द महसुस गर्दै ‘धन्यवाद’ भन्छ, त्यतिबेला असीम आनन्द अनुभूति हुने गरेको रियुचिरो हिराकावाको भनाइ छ ।

अन्त्यमा उनी भन्छन्, ‘सामान्य अनुशासन पालना गरे पैसा खर्च नगरी मानिसले आफ्नो स्वास्थ्य सकुशल राख्न सक्छ । नुनिलो, गुलियो र चिल्लो अत्यन्त कम प्रयोग गर्ने, समय मिलाएर थोरै–थोरै खाना खाने, हरेक दिन पच्चीस मिनेट या त्योभन्दा बढी छिटो गतिमा हिँड्ने, तनावबाट टाढा रहन कोसिस गर्ने र अनिवार्य रूपमा दिनमा कम्तीमा सात घन्टा निदाउने गरेमा सामान्यतया मानिस निरोगी भएर हाँसिखुसी जीवन बिताउन सक्छ ।’

प्रस्तुति : जयप्रकाश