सूर्योदय नगरमा नयाँ नेतृत्वद्वारा पद बहाली

सूर्योदय नगरमा नयाँ नेतृत्वद्वारा पद बहाली


इलाम । सूर्योदय नगर उद्योग वाणिज्य सङ्घ, इलामको नवनिर्वाचित नेतृत्वले पद बहाली गरेको छ । सोमबार भएको शपथ ग्रहणपछि अध्यक्ष प्रमोद राईसहित सबै पदाधिकारी र सदस्यहरूले पद बहाली गरेका हुन् । वैशाख २३ गते सम्पन्न निर्वाचनमा पदाधिकारीसहित सबै पदमा राईको प्यानलले जितेको थियो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र सङ्घीय समाजवादी फोरम, नेपाल सम्बद्ध उद्योगीहरूको संयुक्त गठबन्धनसहित बनेको राईको प्यानल विजयी भएको हो । राईको प्यानलविरुद्ध नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट उद्योगीहरूको संयुक्त गठबन्धनले उत्तमकुमार श्रेष्ठको प्यानल उठाएको थियो ।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गौतम प्रधान, प्रथम उपाध्यक्ष टीकाराम अधिकारी, द्धितीय उपाध्यक्ष चन्दन अग्रवाल, महासचिव राजन प्रधान, सचिव कविता राई र कोषाध्यक्षमा लोकबहादुर प्रधान निर्वाचित भएका थिए ।

त्यसैगरी पुजन श्रेष्ठ, प्रज्ज्वल प्रधान, सुरेश पौडेल, सुजन तिमसिना, देउकुमारी कट्टेल, माइमती राई, सन्जिता तामाङ र सन्तोकी तामाङ सदस्य पदमा चयन भएका थिए ।

पद बहाली गर्दै नवनिर्वाचित अध्यक्ष राईले सबै पक्षलाई समेटेर उद्योगी–व्यवसायीको समग्र हितका लागि काम गर्नुका साथै नगरमा उद्योग स्थापना र रोजगारी सिर्जना गर्नेतर्फ आफ्नो नेतृत्व अग्रसर हुने बताए ।