उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भर बन्न किसानमुखी नीति ल्याइने

उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भर बन्न किसानमुखी नीति ल्याइने


प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस क्षेत्रको कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भर बन्न सरकारले किसानमुखी नीति ल्याउने बताएका छन् ।

ताप्लेजुङ उद्योग वाणिज्य संघ र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) द्वारा आयोजित ‘कृषि मूल्य शृङ्खला विकास, अवसर र चुनौती’ विषयको छलफल कार्यक्रममा उनले सरकार कृषिसम्बन्धी योजना अघि बढाउने क्रममा रहेको जानकारी दिए ।

उद्योग वाणिज्य संघ ताप्लेजुङका सचिव भीष्मराज बरालले कृषकले राम्रो परिमाणमा अलँैची उत्पादन गरे पनि उचित व्यस्थापन हुन नसक्दा समस्या देखिएको जानकारी दिए । कार्यक्रमका सहभागीले विद्यालयमा अलैँचीसम्बन्धी पाठ्यक्रम बनाएर दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।