ग्लोबल आइएमईको एकैदिन सात शाखा थप

ग्लोबल आइएमईको एकैदिन सात शाखा थप


ग्लोबल आइएमई बैंकले एकैदिन सात स्थानमा शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । बैंकले धनुषा जिल्लाको मिथिलाबिहारी नगरपालिका–७, तारापट्टि, बारा जिल्लाको फेटा नगरपालिका–७, फेटा बजार, रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिका–८, बिजयपुर, सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५, पातो, डडेल्धुरा जिल्लाको अजयमेरु गाँउपालिका–३, भद्रपुर, डोटी जिल्लाको पूर्वीचौकी गाँउपालिका–४, साना गाउँ र बैतडी जिल्लाको दोगडाकेदार गाँउपालिका–३, खोचलेकसहित ७ वटा नयाँ शाखाहरू स्थापना गरि सञ्चालनमा ल्याएको हो । थप ७ स्थानमा शाखा कार्यालय संचालनमा ल्याएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या १२९ पुगेको छ ।

साथै बैंकले २०७५ वैशाख ३१ गते सोमबारदेखि नै ललितपुर जिल्लाको मंगलबजारमा एटिएम सेवा समेत थप गरेको छ । मंगलबजारमा एटिएम सेवा थप गरेसंगै बैंकको एटिएम संख्या १३१ पुगेको जनाइएको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुऱ्याउने उद्देश्यले १२९ वटा शाखा, १३१ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ८० शाखा रहित बैंकिङ सेवामार्फत ८ लाख ५० हजारभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाइवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।