‘विचरित पाइलाहरू’ सार्वजनिक

‘विचरित पाइलाहरू’ सार्वजनिक


समकालीन साहित्य प्रतिष्ठान, बेलायत, सम्पर्क कार्यालय काठमाडौंद्वारा हालै आयोजित कार्यक्रममा लेखक इन्दिरा दीक्षितको दोस्रो कृति नियात्रासंग्रह ‘विचरित पाइलाहरू’ सार्वजनिक गरिएको छ । सो कृतिको वैदिक साहित्यका सशक्त हस्ती आख्यानकार मदनमणि दीक्षितले विमोचन गरे ।

शुभकामना मन्तब्य दिँदै कार्यक्रमका प्रमुख अतिथि मदनमणि दीक्षितले इन्दिरा दीक्षितको नियात्रासंग्रह राम्रो लागेको बताए । उनले नियात्राकार दीक्षित पनि पूर्विय वाङमय रुचाउने लेखक भएको उल्लेख गरे ।

कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्दै लेखिकाले आफ्ना विचार मार्मिकरुपमा पुस्तकमा प्रस्तुत गरेको बताइन । त्यस्तै अर्का समीक्षक डा. लेखप्रसाद निरौलाले इन्दिरा दीक्षितले मसिना मसिना विषयहरूलाई नियात्रामा समेटेको बताए ।

साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा डा. लक्ष्मण गौतम, प्राडा हाङसन प्याकुरेल, इन्दिरा दीक्षित, छविरमण सिलवाल र यादव भट्टराईले पनि बोलेका थिए ।