स्वास्थ्यकर्मीको ३ करोड ५० लाख लगानीमा जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी

स्वास्थ्यकर्मीको ३ करोड ५० लाख लगानीमा जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी


चन्द्रकान्त खनाल, रुपन्देही

प्रदेश नं ५ को राजधानी बुटबलमा ७३ जना स्वास्थ्यकर्मीको ३ करोड ५० लाखको लागनीमा जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालि सुरु भएको छ । ल्याबको एक समारोहका बीच प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै मन्त्री बरालले रोगनिदानको पहिलो खुडकिला ल्याब भएको उल्लेख गर्दै चिकित्सकले रोग निदान गर्नेको लागि ल्याब आवश्यक पर्ने भएकोले गुणस्तरीय ल्याबसंगै सेवा पनि त्यहिअनुसारको आवश्यक पर्ने बताए ।

बुटबल अब स्वास्थ्यको हब बन्दै गएको बताउँदै प्रदेश नं ५ का १२ जिल्लामा सरकारले प्रत्येक स्वास्थ्यचौकीमा ल्याब अनिवार्य भएको स्वाथ्यमन्त्री बरालको धारणा छ । राम्रालाई प्रोत्साहन गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिँद उनले प्रदेशमा अवैधानिक ल्याब मेडिकल क्लिनिक कानुनको दायरमा नआए तिनलाई तत्काल बन्द गर्ने चेतावनी दिए ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘बी’ ग्रेडको मान्यतामा यो ल्याब सञ्चालनमा आएको हो । ल्याबले सरकारको मुल्य–मान्यतामा आधारमा रहि मेडिकल ल्याबोरेटोरीको मुल्यमा सेवा उपलब्ध गराउने सम्बद्ध व्यक्ति नारायण भण्डारीले बताए । उनले जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालिमा सबै सेवा उपलब्ध भएको जानकारी पनि दिए । जस्तै होल बडी गर्भवती निःसन्तान वैदेशिक रोजगारी लगायतका सेवा उपलब्ध रहेको बताए ।

आफूहरुले सञ्चालनमा ल्याएको जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालिमा अन्तर्राष्ट्रिय स्तरका प्राविधिमा आधारित उपकरणहरू ल्याएको ल्याएको सञ्चालक गुणनिधि खनालले बताए । उनले ल्याब सेवा सुरुको ६ महिनासम्म विभिन्न प्याकेजमा छुटसहितको सेवा उपलब्ध गराएको र एक हप्तासम्म सुगर र कोटीनामा ४० प्रतिसतसम्म छुट उपलब्ध गराएको बताएका छन् ।

प्रालिका अध्यक्ष विनोद ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक रमेश पान्डे मानबहादुर श्रेष्ठ लगायतले ल्याबबारे जानकारी गराएका थिए । रुपन्देहीमा पछिल्ला चरण ल्याब नयाँ अस्पताल थपिँदै गएका छन् ।