भोजपुरमा कुलपति अभिनन्दित

भोजपुरमा कुलपति अभिनन्दित


नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेती प्रदेश नम्बर एकको पहाडी जिल्ला भोजपुरमा अभिनन्दित हुनुभएको छ ।

भाषा तथा साहित्यका विविध विधामा साढे पाँच दशकदेखि निरन्तर साधनारत उप्रेतीले उपकुलपति हुँदै कुलपतिको गरिमामय पदमा रहेर नेपाली वाङ्मयको सर्वाङ्गिर्ण उन्नयनका निमित्त पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै उहाँलाई अभिनन्दन गरिएको नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले बताउनुभयो ।

वाङ्ुमय परिषद्, भोजपुरका साहित्यिक संस्था नारी साहित्य प्रतिष्ठान, त्रिवेणी साहित्य प्रतिष्ठान, साहित्य कला प्रतिष्ठानका साथै काठमाडौँका कार्यरत संस्था रामप्रसाद राई स्मृति प्रतिष्ठान र अरुण गाउँपालिका सरोकार समाजसमेतका ६ वटा संस्थाद्वारा कुलपतिलाई संयुक्त रुपमा अभिनन्दन गरिएको थियो ।

जिल्ला समन्वय समिति, भोजपुरकी उपप्रमुख अनिशा खड्काले ताम्रपत्र र फूलको माला, भोजपुर नगरका प्रमुख कैलाशकुमार आलेले टक्सारको करुवा र भोजपुरे सिरुपाते खुकुरी तथा जेष्ठ नागरिक मेजर बलिमान राईले राई फेटा र पटुका अर्पण गरी कुलपतिलाई अभिनन्दन गर्नुभएको थियो ।

अभिनन्दन ग्रहण गरेपछि मन्तव्य व्यक्त गर्दै कुलपति उप्रेतीले भन्नुभयो, ‘पदमा रहँदा कुनै पनि मान–सम्मान ग्रहण नगर्ने मेरो मान्यता थियो तर आज भोजपुरको तर्फबाट पाएको यो सरप्राइज अभिनन्दन स्वीकार नगरी मैले धरै पाइँन । यसका लागि म समस्त भोजपुर र भोजपुरेजनप्रति नतमस्तक छु ।’

भोजपुरमा आयोजना भएको ‘भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवद्र्धनमा प्रदेशको भूमिका’ विषयक विचार गोष्ठी र ‘बहुभाषिक कविता उत्सव’मा सहभागी भोजपुर पुग्नुभएका कुलपतिलाई उक्त अभिनन्दन गरिएको हो ।