सिड्नीमा डम्बरूको डण्डिबियो

सिड्नीमा डम्बरूको डण्डिबियो


राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

पछिल्लोपटक अष्ट्रेलियामा नेपाली सिनेमाहरूको बजार गरम हुन थालेको छ ।नेपालीहरुको बस्ति बाक्लिँदै जाँदा नेपाली सिनेमा हेर्न चाहने नेपालीहरूको संख्या पनि बढेको छ । यसकारण पनि नेपालको रिलिजसँगै अष्ट्रेलियामा पनि नयां सिनेमा एकैपटक हेर्न पाउनुलाई अष्ट्रेलियामा रहेका नेपालीहरूले सकारात्मक रूपमा लिएका छन् । चलचित्र शत्रु गतेले अष्ट्रेलियामा प्रदर्शनको सफलता हात पारेको चर्चा सेलाउन नपाउँदै अर्को चलचित्र डमरुको डण्डिबियोले पनि सफलताको छनक देखाएको छ ।

छेतेन गुरूङले निर्देशन गरेको चलचित्र डमरूको डण्डिबियोलाई अष्ट्रेलियामा प्रतापशम्सेर राणा, मदनकृष्ण श्रेष्ठ, इरशाद एहमत, पासाङ शेर्पा र कपिल सिंखडाले मिलेर भित्र्याएका हुन् भने यो चलचित्रलाई अष्ट्रेलिया पुर्याउने ब्यवस्थापन भने नेपालबाट ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरले गरेको हो ।

सिड्नीमा दुई शो सफलताका साथ प्रदर्शन भएको यो चलचित्रको फेरि थप शोहरू हुने भएको छ । यसै क्रममा यो चलचित्रको मे १३ र १४ तारेखका दिन सिड्नीको बरूउडमा रहेको इभेन्ट सिनेमामा शो हुने छ । यस चलचित्रप्रति सिड्नीवासी नेपालीहरूको चासो देख्दा अरू शो पनि बढ्ला जस्तो भएको उल्लेख गर्दै प्रतापले चलचित्र मनपरा दिनुएकोमा आफूहरु दंग परेको बताए ।

मौलिक विषय उठान गरेको यो चलचित्रमा खगेन्द्र लामिछानेको मुख्य भूमिका रहेको छ भने कथा पनि उनले नै तैयार पारेका हुन् । खगेन्द्रसंगै चलचित्रमा अनुप बराल,मेनुका प्रधान र बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।