पाठक मञ्च

पाठक मञ्च


pathakmanchघटना र विचार साप्ताहिकमा ०६९ माघ १७ गते ‘खोल न काङ्गे्रस आँखा खोल’ शीर्षकमा प्रकाशित देवप्रकाश त्रिपाठीको लेखबारे प्राप्त प्रतिक्रियाहरू यहाँ प्रकाशित गरिएको छ ।
तपार्इंको रोदन सुन्दैनन् देवप्रकाशजी, नेपाली काङ्गे्रस माओवादीका निम्ति ‘युजफुल इडिएट’हरूको पार्टी भइसकेको छ । यसले आफ्नो शत्रु र मित्र छुट्याउने क्षमता पनि राख्दैन । यसले राष्ट्रियता र समाजवादको सिद्धान्त पनि छोडिसकेको छ । अहिले लोकतन्त्र मात्र यसको नारा बनेको छ । कथित जनआन्दोलन–२ भन्दा अगाडि नेपाली काङ्गे्रसका पनि यो शब्द प्रयोग गर्दैनथे ।
अहिले पनि दुर्गम क्षेत्रका काङ्गे्रस कार्यकर्ताले यस आयातीत लोकतन्त्र शब्दको अर्थ जान्दैनन् । प्रजातन्त्रचाहिँ नेपाली काङ्गे्रसका निम्ति मरिसकेको छ ।
लोकतान्त्रिक गणतन्त्र साधारण नेपालीले बुझेका या बुझ्ने कुरा होइन, यसको अर्थ ‘भेग’ छ, सार्वजनिक अभिव्यक्तिका लागि एउटा ‘लग्जरी वर्ड’ बनेको छ यो । ती कथित विद्वान्हरू लोकतान्त्रिक गणतन्त्र शब्दको प्रयोग गर्दा आफू क्रान्तिकारी बनेको महसुस गर्छन् र जसले त्यो शब्द रुचाउँदैनन् तिनलाई प्रतिक्रियावादी या प्रतिगामीको संज्ञा दिइन्छ ।
त्यसैले अहिले नेपाली काङ्गे्रसका नेतालाई माओवादीले परिस्थितिको बन्दी बनाएका छन् । तपाईंले नेपाली काङ्गे्रसलाई आफ्नो मौलिक विचार दर्शनमा फर्कन जोड दिँदै सत्ताको खेलमा नलाग्न सचेत गराउनुभएको छ । मलाई तपाईंको यस्तो रोदन उनीहरूले सुन्नेछन् भन्ने विश्वास छैन ।
– शिव भुर्तेल, काठमाडौं
काङ्ग्रेसले आँखा खोल्दैनन्, आँखा नदेख्नेका पछि लागेपछि युवाहरू नै नदेख्ने हुन्छन् । हेक्का रहोस् ।
– विष्णु प्रसाईं
देवजी, यो एउटा पे्ररणाप्रद लेख हो । हामी तपाईंबाट यस्तै अनुकरणीय लेखहरूको अपेक्षा गर्दछौं, धन्यवाद ।
– दिवाकरण पन्त, हाल काठमाडौं ।

ठूलो भूल भयो
आज देश नै शहिद घोषणा गर्ने दोबाटोमा पुगेको छ । यसका लागि २०५१ देखि ओरालो लागेको प्रजातन्त्र गणतन्त्र हुँदै जनगणतन्त्रमा पुग्ने मूलसडक खनिदिने नेपाली काङ्गे्रसका नेताहरू प्रमुख जिम्मेवार छन् । पशुपतिनाथ बोल्दैन काङ्गे्रसका नेता सुन्दैनन्, अनि गर्ने के ? ०४७ को संविधान च्यात्नु नै ठूलो भूल भयो । – विश्वबन्धु प्रसाईं, काठमाडौं