तपाईंको यो साता

तपाईंको यो साता


पं. नारायणप्रसाद दुलाल
(ज्योतिषाचार्य/वास्तुविद)

मेष
शुभकार्यको चर्चा चल्नेछ । राष्ट्रिय भावनाको विकास हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनमा सहभागी भइएला । नयाँ काम वा रोजगार पाइनेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । वैदेशिक कार्य अघि बढ्नेछ । यो साताका लागि शुभअङ्क ४, ८ र शुभरङ बैजनी वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल मिल्नेछ ।

मिथुन
जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । राज्यबाट मान–सम्मान पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ । साताको अन्त्यबाट व्यर्थको सास्ती खेप्नुपर्नेछ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला, सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कर्कट
अनावश्यक ठाउँमा धन खर्च होला । सौन्दर्यमा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साताको अन्त्यमा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महालक्ष्मीजीको दर्शन गरी आरम्भ गर्दा सफलता मिल्नेछ ।

सिंह
कार्य सम्पादनमा सहजता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । जोस, जाँगर बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत देखिन्छ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । भोज, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ सिन्दुरे वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको दर्शन गरी यात्रा आरम्भ गर्दा सफलता मिल्नेछ ।

कन्या
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुुनेछन् । नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । लाभदायक यात्रा रहनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । साताको पूर्वार्धबाट शरीर भारी र मन अस्थिर रहने सङ्केत देखिन्छ । प्रेमी÷प्रेमिकाबीच खिन्नता बढ्नेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ कालो हो । कुनै शुभकर्म गर्नुपूर्व महादेवको आराधना गरीे आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला
सरकारी निकायको भय रहला । व्यापार–व्यवसायमा मन्दी आउला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यवसायमा मन्दी आउला । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । रविबार अचल सम्पत्ति हात पर्ने योग छ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ नीलो वा हरियो हो । शुभकर्म गर्नुपूर्व महाकालीको आराधना गरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

वृश्चिक
रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । आकस्मिक धनलाभ हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सोमबारबाट कार्य सम्पादनमा समस्या आउला । सामान हराउन सक्नेछ । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

धनु
राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामहरू सम्पादन हुनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । यो साताका लागि शुभअङ्क ६, ८ र शुभरङ सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मकर
यो सातामा एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभ समाचार सुन्न पाइएला । रोकिएको धन हात पर्ला । शत्रु पराजित हुनेछन् । पुनर्मिलनको योग रहेको छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ गुलाबी वा सिन्दुरे हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको दर्शन गरे सफलता हात पर्नेछ ।

कुम्भ
मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटाव रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साताको अन्त्यबाट सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रमणीय र सुखद यात्राको योग छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ हरियो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन
भाग्यले विभिन्न अवसर जुराउनेछ । पारिवारिक सद्भाव बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ आकासे नीलो हो । शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।