पोखरेली युवाको पोर्चुगलमा निधन

पोखरेली युवाको पोर्चुगलमा निधन


वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवाको हालै निधन भएको छ । पोर्चुगलको राजधानी लिस्बनस्थित एक रेष्टुराँमा कार्यरत पोखरा रामबजारका २८ वर्षीय सुजत कार्कीको निधन भएको गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्ष कुबेर कार्कीले जानकारी दिएका हुन् ।

बताइएअनुसार अचेत अवस्थामा फेला परेका कार्कीको उपचारका लागि स्थानीय प्रहरीले अस्पताल लैजाँदै गर्दा निधन भएको हो । कार्कीलाई गत वैशाख १८ गतेका दिन प्रहरीले अचेत अवस्थामा सडकमा फेलापारेको थियो ।

उनी विगत तीन वर्षदेखि पोर्चुगल बस्दै आएका थिए । परिवार र आफन्तजनको सल्लाहबमोजिम उनको शव पोर्चुगलमै अन्त्येष्टी गरिने तयारी गरिएको अध्यक्ष कार्कीलाई उद्धृत गर्दै राससले जनाएको छ। कार्कीको शव परीक्षण रिपोर्ट भने प्राप्त नभएको कुबेरकोे भनाई छ । कार्कीको शव लिस्बनस्थित मार्तिम मोनिजमा रहेको साओ जोशे अस्पतालमा राखिएको छ ।