झलकमान प्रतिष्ठानलाई आर्थिक सहयोग

झलकमान प्रतिष्ठानलाई आर्थिक सहयोग


राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं प्रवास विभाग प्रमुख विजय खड्काले राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको धर्म, संस्कृति, कला, साहित्य तथा पहिचानको रक्षाको खातिर जुनसुकै मुल्य चुकाउन तयार रहेको बताएका छन् ।

झलकमान गन्धर्व स्मृति प्रतिष्ठानलाई राप्रपा प्रवास विभागको तर्फबाट नगद पच्चिस हजार सहयोग हस्तान्तरण गर्दै मुलुकको लोपन्मुख संस्कृति र कला जोगाउन स्वर्गीय गन्धर्वको उल्लेखनीय योगदान रहेको बताएका छन् ।

उहाँले राप्रपाको विश्वभर छरिएर रहेका राष्ट्रवादी मित्रहरूले राष्ट्र, राष्ट्रियता, हिन्दुत्व र समृद्धिको लागि काम गरिरहेको स्व. झलकमान गन्धर्वको स्मृतिमा गठन गरिएको प्रतिष्ठानले लोपोन्मुख सारङ्गी लगायतको बाजाको संरक्षणको लागि विद्यालय खोलेर विद्यार्थीहरूलाई प्रशिक्षण दिई रहनुको साथै लोपोन्मुख संगीत संरक्षणको लागि कार्य गरिरहेको चर्चा गरेका थिए ।

राप्रपा प्रवासी संगठन जापानका सह–अध्यक्ष सुशीलवीर जबराद्वारा सौजन्य उक्त रकम हस्तान्तरण समारोहमा खड्काले विश्वका २५ देशमा रहेको राप्रपा प्रवास समितिको सौजन्यमा यस्ता कार्यक्रमलाई भविष्यमा पनि निरन्तरता दिने वताएका थिए ।

कार्यक्रमा राप्रपाका युवा नेता विश्वराज पौडेलले स्थानीय स्तरबाट पनि लोपन्मुख संस्कृतिलाई सहयोग गर्ने बताए । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।