हामी हिलोमा पौडिरहेका छौँ

हामी हिलोमा पौडिरहेका छौँ


chandra-bhandari 8

– चन्द्र भण्डारी (केन्द्रीय सदस्य, नेका)

० पाँच नम्बर प्रदेश एकाएक शान्त बन्न पुग्यो, प्रदेश टुक्र्याउन नहुने माग बेकारको रहेछ कि कसो हो ?
– नेपालको संविधान निर्माणदेखि संविधान कार्यान्वयनको चरणसम्म पुग्दा कार्यान्वयनलाई भन्दा संशोधनलाई हामीले बढी जोड दियौँ । समावेशी, समानुपातिक, जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रहरू बनाउने भन्दै पहिलो संशोधन त हामीले ग¥यौँ, फेरि पनि संविधान कार्यान्वयनमा जोड नदिई संशोधनकै मामलामा अड्कियौँ र त्यसैअन्तर्गत पाँच नम्बर प्रदेशलाई विभाजन गर्न खोजिएको छ । अन्य मामलामा आयोग गठन गरेर निर्णय लिनुपर्ने, तर यसमाचाहिँ मनपरी ढङ्गले प्रस्ताव ल्याइएको छ । यसभित्र निकै गहिरो मकसद लुकेको छ । किनकि, पाँच नम्बर प्रदेश भनेको नेपाललाई सबभन्दा बढी राजस्व दिने, नाकाबन्दी हुँदा पनि इन्धन र खाद्यान्न काठमाडौं पु¥याउने प्रदेश हो । सुशील कोइराला र केपी ओली मिलेर बनाएको यस खाकामा संविधानसभाका सबैले हस्ताक्षर गरेकै हुन्, अहिले एकाएक किन नक्सा बदल्नुप¥यो ? यो गहिरो कुरा छ । नाकाबन्दीको बेला यस प्रदेशले लगाएको गुनको बदला लिन कुनै शक्ति उद्यत् थियो, यो कुरा सत्ताधारी दलका नेताहरूले नै बुझ्न सकेनन् । यस्तो महत्वपूर्ण मामलामा सरकारले आफूखुसी संशोधन प्रस्ताव ल्याइदिँदा जनआक्रोश उर्लिनु स्वाभाविक थियो । जहाँसम्म माग बेकार रहेछ कि भन्ने सवाल छ, पाँच नम्बर प्रदेश टुक्रिन नहुने माग जायज छ, यो सेलाएको छैन । यो मुद्दा अदालतमा पनि गयो । प्रस्तावित बुँदा कार्यान्वयन गर्न त प्रदेशसभामै पुग्नुपर्ने संविधानमै व्यवस्था छ । यस हिसाबमा यसको दायित्व अब संसद्मा पुगेको छ । अदालतले यही हेरेर संसद्मा छलफल गरेर टुङ्ग्याउन आदेश दिएको छ । सधैँ ‘बन्द’को हतियार किन प्रयोग गरिरहने त भनेर यतिबेला पाँच नम्बरको आन्दोलन स्थगित भएको हो । हामी सुस्ताएका छैनौँ, यसको संरक्षणको निम्ति सचेतनाका साथ जस्तोसुकै कदम चाल्न पनि तयार छौँ ।

० तपाईंहरू सचेत रहेको दाबी गर्दै हुनुहुन्छ, उता सरकारचाहिँ संशोधन प्रस्ताव जसरी पनि पारित गरेर देखाउने दाबी गरिरहेको छ, तपाईंका पार्टीसभापति स्वयम् पनि यही भनिरहनुभएको छ, यसलाई कसरी बुझ्ने ?
– यसो गर्दा मुलुकको समस्या समाधान हुन्छ कि उसो गर्दा हुन्छ भनेर हाम्रो पार्टीसभापतिले टाउको दुखाइरहनुभएको कुरालाई नकारात्मक ढङ्गले नबुझौँ भन्ने मेरो आग्रह छ । प्रचण्डजीले पनि समस्या समाधान गर्नकै लागि संशोधन प्रस्ताव ल्याउनुभएको रूपमा लिएको छु मैले त । प्रचण्डले यसरी प्रस्ताव ल्याएर राम्रै गरिदिएका छन्, किनकि, आ–आफ्ना झन्डा बोकेर जथाभावी उग्र कुरा गर्ने अराजकता बढेको थियो देशमा, यो प्रस्तावले गर्दा सबैले आ–आफ्ना झण्न्डा फालेर देशको झन्डा बोकेर एकैठाउँमा उभिएका त छन् । नेपाल राष्ट्रको झन्डा सम्झाइदिए नि प्रचण्डले, यो राम्रो भएन त ? यसको अर्को पाटो पनि छ, प्रचण्डजीले ल्याएको नागरिकताको प्रस्तावअनुसार अबको पाँच वर्षमै तराई–मधेसका जनता त्यहाँ अल्पमतमा पर्नेछन्, उत्तरतिरबाट पनि यसैगरी अङ्गीकृत नागरिकता लिन ओइरिन सक्छन् । किनकि, खुइँखुइँती भारतीयले नागरिकता लिँदा चीन चुप लागेर बस्दैन, उसले पनि नागरिक घुसाउँछ । संविधान कार्यान्वयन गराउन खोज्दा यस्तो भएको छ, नियत या प्रयास ठीक नै भए पनि भोलिको परिणति विचार नगर्नु ठूलो गल्ती हो । यसको परिणाम भनेको अन्ततः हिंसा र विखण्डन नै हो । सामरिक महत्वको यत्रो विषय पनि नेताहरूले बुझेनन् ।

देशलाई आईसीयूबाट निकाल्ने राम्रो डक्टर म हुँ तर मसँग एउटा विडम्बना छ, त्यो के भने वृद्ध भएर हात काँप्ने अवस्थामा पुगेका भए पनि बिरामी अशोक बास्कोटाकहाँ नै जाँदोरहेछ, प्रयोग हुन नपाएका मजस्ता फ्रेस डाक्टरको विश्वास नै गर्दारहेनछन् बिरामीले । बढी बोलुँ भने भएकै क्लिनिक पनि बन्द गरिदेलान्, त्यसैले अहिले नचले पनि क्लिनिक खोलेर कुरिरहेका छौँ हामी । अर्थात्, हामीकहाँ अहिलेसम्म ‘ट्रेडिसनल’ पार्टी र जनता पनि ‘ट्रेडिसनल’ नै छन् भनी बुझौँ न । हामीले त देशको राम्रोकै लागि बोलिरहेका छौँ, तर अँध्यारो कुनाबाट भित्र छिर्ने र व्यक्तिगत फाइदा उठाएर हिँड्ने प्रवृत्तिले नै मौका पाइरहेको छ । नेपाल र नेपालीले दुःख पाएको यसैकारण हो ।

Chandra Bhandari

० पाँच नम्बर प्रदेश टुक्र्याइँदा हुने बेफाइदाचाहिँ ठ्याक्कै भन्नुपर्दा के हो त ?
– नेपालको मध्यभागमा पर्छ यो प्रदेश । अन्ततः हामीले यसलाई टुक्र्यायौँ भने जसले यो देशको पहाड र तराई मिल्न नदिने खेल खेलेको छ त्यो तत्वलाई फाइदा पुग्छ । म किटान गर्न सक्छु– यस्तै हो भने अन्ततः लुम्बिनी पनि हाम्रो हातमा रहनेछैन । हाम्रो नजिकको छिमेकी ‘साइलेन्ट डिप्लोम्यासी’मा छैन, यो त हामीले छर्लङ्ग देखिरहेकै, भोगिरहेकै कुरा हो नि, होइन र ? विस्थापित भएका राजाले देशप्रति चिन्ता गर्दा सरकार कराउने, नेताहरू कुर्लने, तर कसैले देश नै टुक्र्याइदिने खुलेआम भाषण गर्दा पनि सबै मौन रहने, समाधानको नाममा एकातिर संशोधनको प्रस्ताव आउने अर्कोतिर विखण्डनको राग उरालिने अवस्थाले के सङ्केत गरिरहेको छ, सहजै बुझ्न सकिन्छ नि । तसर्थ, पाँच नम्बर प्रदेश विखण्डन गरिनुको अर्थ देश नै विखण्डनमा जानु हो भनेर बुझ्छु म त ।

० यस्तो गम्भीर विषय रहेछ त, आफ्नो पार्टीसभापतिलाई सम्झाउने प्रयास गर्नुभएन तपाईंले ?
– विभिन्न मिटिङमा मैले यस्तो कुरा उठाएको छु, पार्टीसभापतिलाई पनि भनेको हो र सार्वजनिक रूपमा पनि भनेकै छु । कतिपय कुरा धेरै बुझ्न खोज्नेभन्दा पनि परिणामको ख्याल गर्नुपर्ने हुन्छ । हरेक मामलालाई द्वन्द्वात्मक रूपले अघि बढाउन खोज्नु वर्तमान राजनीतिक परिवेशमा उपयुक्त पनि हुँदैन । त्यसैले अब परिणाम हेरौँ न परिणाम ।

० यसको मतलब काङ्ग्रेस सभापति देउवाले संशोधन प्रस्ताव पास गर्न प्रचण्डलाई साथ दिएर ठीक गर्नुभएको छ, हो ?
– उहाँको तर्फबाट ठीक लागेरै त गर्नुभएको होला नि । हामीलाई पो देश बर्बाद हुन्छ कि, अर्को पुस्तालाई सही–सलामत देश हस्तान्तरण गर्न पाइन्न कि भन्ने चिन्ता लाग्यो त ! हामीलाई लागेजस्तै चिन्ता अर्कोलाई नलाग्न पनि त सक्छ ।

० संशोधन प्रस्ताव पास होला, के लाग्छ तपाईंलाई ?

– पास होला–नहोला, यसमा म अन्योलमै छु । मलाई त यस्तो पनि लागिरहेको छ कि उक्त प्रस्ताव पास गर्नका लागि टेबलमै आइपुग्दैन, बरु विभिन्न उपाय खोजेर नेताहरू चुनावतिर लाग्लान् । ताजा राजनीतिक घटनाक्रम या नेताहरूको चलखेल हेर्दा यस्तै लाग्छ मलाई । यतिबेला नेताहरू कमजोर भएका छन्, देश सङ्क्रमणकालबाट गुज्रिरहेको छ, यस्तोबेला हामीले पनि संयम धारण गरी मुलुक जोगाउँदै अघि बढ्नुपर्छ । मुद्दाहरू चर्काएर बखेडा खडा गर्न त सकिन्छ, तर परिणाम पनि विचार गर्नुपर्छ ।

० तपाईं नेताहरू चुनावकेन्द्रित भएजस्तो लागेर खुसी प्रकट गर्दै हुनुहुन्छ, तर मधेसकेन्द्रित दलका नेताहरूले संविधान संशोधनको प्रस्ताव पास नगरेसम्म कुनै हालतमा चुनाव नहुने, गर्नै नदिने कुरा गरेको सुन्नुभएको छैन ?
– यसमा ख्याल गर्नुपर्ने एउटा कुरा छ, संविधान आउनुअघि मधेसवादीले सङ्घीयता चाहिन्छ भन्दै सदन बहिष्कार गरे, हामीले सङ्घीयतासहितको संविधान जारी ग¥यौँ । अनि उनीहरूले भूगोल र जनसङ्ख्या, समानुपातिक–समावेशी आदित्यादि मुद्दा उठाए, तिनलाई सम्बोधन गर्न हामीले संविधान संशोधन ग¥यौँ । मैले भन्न खोजेको कहाँबाट ठेक्का लिएको हो उहाँहरूले यसरी किस्ता–किस्तामा मुद्दा उठाउने ? अब अहिले फेरि प्रदेश, भाषालगायत सारा संशोधन हुनुपर्छ भनिरहेका छन् । यसो गर्दा देशलाई घाटा पर्छ, गर्नुहुँदैन भनेर हामीले भन्दा उहाँहरूले ‘तपाईंहरू संसद्मा पेस मात्र गरिदिनुस्, हामी चुनावमा भाग लिनेछौँ’ भनी आग्रह गर्नुभयो । एकातिर सदनमा चिच्याउने अर्कोतिर विखण्डनको कुरा पनि गर्ने कस्तो प्रवृत्ति हो । मैले के भन्न खोजेको भने, तराईका जनताले पहिलो स्थानमा मत दिए काङ्ग्रेसलाई, दोस्रोमा राखे एमालेलाई, तेस्रोमा माओवादीलाई दिए भने ९१ प्रतिशत सांसदहरूले संविधान बनाएर कार्यान्वयन गर्न म्यान्डेट दिए नेताहरूलाई । यो छर्लङ्गै छ । यस आधारमा तराईमा के गर्नुण्पर्छ, के पर्दैन भनी खुट्याएर संसद्मा आवाज पु¥याउने अधिकार त तिनै जितेका जनप्रतिनिधिलाई छ नि ! तर, ती जनअनुमोदित प्रतिनिधिको नभई जनतामाझ हारेका केही नेताको पछि लागेको छ आजको नेतृत्व । कमजोरी यहीँनेर भयो । जनताबाट हारेका मान्छेहरूको ज्यादा सुनुवाइ गर्न थाल्दा यस्तो दुरावस्था आएको हो । नियत ठीक नभएकाहरूको सुनुवाइ गरिरहने हो भने यस्ता अशोभनीय माग बढेकोबढ्यै गर्नेछ, अनि के होला… मैले भनिरहनै पर्दैन । राज्य चलाउने, संविधान कार्यान्वयनको जिम्मा लिनेहरूले जिम्मेवारी निर्वाह गर्नुप¥यो, होइन भने सकिनँ भनी छोडिदिए भइहाल्छ ।

० यति बुझेको तपाईंजस्ता नेताहरू आफ्नो नेतृत्वसँग लड्ने हिम्मतचाहिँ गर्न सक्नुहुँदोरहेनछ नि, किन होला ?

– भारतमा केजरिवाल बन्न जति सजिलो छ नेपालमा त्यो त्यति सहज छैन । यतिबेला मेरो देश पनि अस्पतालको आईसीयूमा छ, मेरा नेताहरू पनि अस्पतालको आईसीयूमै छन् । २ करोड ८७ लाख जनतामध्ये ५२–५३ लाख युवा बिदेसिएका छन् भने त्यस्तो देश कति दिन ताजा ढङ्गले बाँच्न सक्ला भन्ने गम्भीर प्रश्न यतिबेला यत्तिकै खडा भएको होइन । राष्ट्र सङ्कटमा पर्दा सही आवाज उठाउन नसक्ने पार्टी, युवा, जनता कति दिन बच्न सक्छन् ? म यसरी भन्न चाहन्छु कि देशलाई आईसीयूबाट निकाल्ने राम्रो डक्टर म हुँ तर मसँग एउटा विडम्बना छ, त्यो के भने वृद्ध भएर हात काँप्ने अवस्थामा पुगेका भए पनि बिरामी अशोक बास्कोटाकहाँ नै जाँदोरहेछ, प्रयोग हुन नपाएका मजस्ता फ्रेस डाक्टरको विश्वास नै गर्दारहेनछन् बिरामीले । बढी बोलुँ भने भएकै क्लिनिक पनि बन्द गरिदेलान्, त्यसैले अहिले नचले पनि क्लिनिक खोलेर कुरिरहेका छौँ हामी । अर्थात्, हामीकहाँ अहिलेसम्म ‘ट्रेडिसनल’ पार्टी र जनता पनि ‘ट्रेडिसनल’ नै छन् भनी बुझौँ न । हामीले त देशको राम्रोकै लागि बोलिरहेका छौँ, तर अँध्यारो कुनाबाट भित्र छिर्ने र व्यक्तिगत फाइदा उठाएर हिँड्ने प्रवृत्तिले नै मौका पाइरहेको छ । नेपाल र नेपालीले दुःख पाएको यसैकारण हो ।

० भनेपछि हामी जनताले कर्मअनुसारकै फल पाइरहेका छौँ ?

– संसदीय व्यवस्थालाई शासकीय प्रणालीका रूपमा जुन अपनायौँ, यो नै गल्ती रहेछ । सरकारको स्थिरता, राजनीतिक स्थायित्वका लागि त सोझै राष्ट्रपति या प्रधानमन्त्रीको चुनाव गराएर पाँच वर्षका लागि जिम्मा दिनुको विकल्प छैन । किनकि, संसदीय व्यवस्था उचित ढङ्गले चलाउन त धेरै ठूलो मूल्य र मान्यता भएका नेता आवश्यक पर्दोरहेछ, जो हामीकहाँ खट्किएको छ । बेलायतमा क्यामरुन प्रधानमन्त्रीबाट हटेपछि आफ्नो फ्रिज आफैँ बोकेर घर लागेका थिए । यस्ता नेता हामीकहाँ कहिले पाउनु ?

० प्रदेश पाँच टुक्र्याउन नहुने माग उराल्दा तपाईंहरूलाई त सङ्घीयताविरोधी नेताकै आरोप लगाइयो नि, तपाईं सङ्घीयताविरोधी नै हो त ?
– मधेसवादी नेताहरूले सङ्घीयता आफूले ल्याएको दाबी गरे, कम्युनिस्ट नेताहरूले राजतन्त्र आफूले फालेको उद्घोष गरे, जनजातिका कुरा गर्नेले समावेशी–समानुपातिक आफूले स्थापित गरेको फुटानी लगाए, हिन्दूविरोधीले धर्मनिरपेक्षता आफूले ल्याएको बताए, तर हामीले चाहिँ सुशील कोइरालाको नेतृत्वमा उल्लेखित सबै कुरा हामी मिलेर ल्याएको भन्यौँ । यसलाई हामीले आन्दोलनको उपलब्धि ठान्यौँ । तर, यसरी दाबी गर्नेहरूले नै संविधान कार्यान्वयन गर्ने बेलामा खुट्टा छोडिदिएपछि त ती मुद्दा या नारा तिनका नभई अरूकै रहेछन् भन्ने प्रस्टै अनुभूति भएको छ । आफूले जन्म दिएको हो भने सन्तानको माया गर्नुपर्छ कि पर्दैन ? कार्यान्वयनमा बखेडा गर्नेले किन अपनत्व लिन खोज्ने ? यस्तो हविगत देखेपछि हामीले औँल्याएका हौँ, सत्य औँल्याउँदा सङ्घीयताविरोधी भन्छन् भने कुनै परवाह छैन । आफ्नो प्रदेशमा के–के बेथिति छ नहेर्ने, नसुधार्ने अनि अर्काको प्रदेशमा आँखा लाउने ? तराई डुब्दा नबोल्ने, सीमास्तम्भ ढल्दा नदेख्ने, सुस्ताका नेपालीमाथि मुद्दा लाग्दा थाहा नपाएझैँ गर्ने, दशकौँसम्म हुलाकी मार्ग नबन्दा थाहै नपाएजस्तो गर्ने, जनता भोकरोगमा पिल्सिँदा, जाडोमा कठ्याङ्ग्रिँदा, अन्याय र शोषणमा पर्दा नदेख्ने अनि अर्काको प्रदेश टुक्र्याउन माग गर्दै देशै भाँड्ने ? यस्ताले सङ्घीयताविरोधी भन्छन् भने भनुन् ।

० वास्तवमै सङ्घीयतामा गएर नचाहिने काम गरिएछ भन्ने लाग्दैन तपाईंलाई ?

– काठमाडौंले सम्बोधन गर्न नसकेको जनताका यावत् अधिकार मुलुकको तल्लो तह या दूरदराजसम्म पु¥याउने उद्देश्यले सङ्घीयता स्वीकार गरिएको हो । तर, यसलाई छालाका आधारमा, नाकका आधारमा र यस्तै के–के जातिका आधारमा व्याख्या गरिदएर विकृत तुल्याइयो । सोच नराम्रो थिएन, तर शैली ठीक अवलम्बन गरिएन । तराईका निरीह र इमानदार जनताको ढाडमा टेकेर सीमित मानिसले विकृत राजनीति गर्न खोजे । पहाड र तराई मिल्नै हुँदैन भन्ने खालको दुर्भावना फैलाए । यस्तै खराब तत्वले हामीलाई सङ्घीयताविरोधीका रूपमा अथ्र्याएका हुन् । जहाँसम्म सङ्घीयतामा गएर गल्ती गरियो कि भन्ने सवाल छ, सङ्घीयताको नाममा यस्ता विकृति–विसङ्गतिले प्रश्रय पाउलान्, मुठ्ठीभर नेताले आफ्नो सुखसुविधाको माध्यम बनाउलान्, नाक र छालाको आधारमा राज्य मागिएला, विखण्डनका माग उरालिएला, एउटा राजा फालेर सयौँ राजा प्रकट होलान् भन्ने ठानिएको भए सायद सङ्घीयताको एजेण्डा यति सजिलै लागू हुन पाउँदैनथ्यो कि, हामीले दूरदर्शिता अपनाउन सकेनौँ कि, आफ्नै मुलुक चिन्न सकेनौँ कि भन्ने नै लाग्छ । यदि फोहोरमा पौडी खेल्न पुगिएको छ भने हिलोमा डुबेर मरिएला भन्नेमा सचेत रहनुपर्छ ।

पूर्वराजामा कतिपय कमी–कमजोरी नभएका होइनन्, तर पनि उनले राजगद्दी छोड्दा कुनै बल प्रयोगको चेष्टा गरेनन्, कतै बाहिर शरण खोज्दै आत्मसमर्पण गर्न चाहेनन्, आज हामीले संशोधनमा ल्याएकाजस्ता प्रस्ताव अघिसारेर राजसंस्था थमौतीको प्रयास गर्न सक्थे, तर गरेनन् । यसरी यिनले हिंसाको बाटो पनि रोजेनन् र आत्मसमर्पणको मार्ग पनि रुचाएनन् । पत्रकारसामु हाँसीहाँसी श्रीपेच बुझाए, पत्रकारहरूले मुख छोडेर गाली गर्दा चुपचाप सुने र मुस्कुराहटकै साथ आफैँ गाडी चलाएर दरबारबाट निस्किए । विदेश भागेनन्, सम्पत्ति विदेश पु¥याएनन्, एउटा सामान्य नागरिकसरह यहीँ रहे । यस्ता व्यक्तिले आफ्नो पुर्खाको बर्कत सम्झँदै ‘मेरो देश बिग्रियो कि ?’ भनी चिन्ता प्रकट गर्दा आपत्ति मान्नु व्यर्थ छ, संविधानले एउटा नागरिकको बोल्ने अधिकार सुनिश्चित गरेको अवस्थामा पूर्वराजाले देशप्रति चिन्ता गर्दा विरोध गर्ने र खुल्लमखुल्ला देश विखण्डनको नारा उर्लेकोचाहिँ चुपचाप हेरिरहने यो चालामाला बहुलट्ठीपूर्ण छ ।

chandra bhandari 5

० काङ्ग्रेसले आफ्नो गति र मति छोड्यो भनेको सुनिन्छ, तपाईंलाई के लाग्छ ?
– कुनै पनि राजनीतिक सङ्गठन या यसका नेतृत्वकर्ताले विगत र वर्तमानको लेखाजोखा मात्र नगरी भविष्यको समेत आँकलन गरेर निर्णय लिने क्षमता राख्न सक्नुपर्छ । यस हिसाबमा बीपी कोइराला वास्तविक नायक हुनुहुन्थ्यो । तर, आजको नेतृत्व या हामीले भविष्य देख्न सकेनौँ । हामीले ‘उपलब्धि’ हासिल गरेको त भन्यौँ, तर यसले भविष्यमा कस्तो असर गर्ला भन्ने छ्यानविचारचाहिँ गर्न सकेनौँ । बीपीले बुझ्नुभएको थियो र बाटो पनि देखाइदिनुभएको थियो, तर विडम्बना ! त्यो मार्गबाट पनि आज हामी च्युत भएका छौँ । यति बुझेपछि अब सच्चिएर जाने प्रयास गर्नुपर्छ । यस हिसाबमा भन्दा काङ्ग्रेसले गति–मति छोडेजस्तो लागे पनि जनतालाई रैतीबाट नागरिक बनाएको नेपाली काङ्ग्रेसले नै हो, यो नजरअन्दाज गर्न मिल्दैन । तथापि, काङ्ग्रेसजस्तो ऐतिहासिक व्यक्तित्वहरूले भरिपूर्ण पार्टी आज यस्तो अवस्थामा पुग्दा कसलाई चित्त बुझ्ला र ?

० तपाईंहरूजस्ता जनताले आशा राखेका पात्रहरूलाई पार्टीले यथोचित मूल्याङ्कन गर्न सकेन नि, के भन्नुहुन्छ ?
– काङ्ग्रेसभित्र एकसेएक उपयुक्त र क्षमतावान पात्रहरू छन्, तर हरेक अवसरहरू धनी बाउले आफ्ना सन्तानलाई बाँडेको दाइजोसरह हुन पुगे भन्न हिच्किचाइरहन पर्दैन । विश्वमै यस्ता राम्रा कार्यकर्ता कुनै पार्टीले पाउन सायदै सक्ला, तर यस्ता कार्यकर्ताको उचित मूल्याङ्कन पार्टीले गर्न सकेको छैन । हामीजस्ताको चिन्तनले पार्टीमा ठाउँ पाइरहेको छैन, अर्थात् सबै मिलेर–मिलाएर पार्टी–सङ्गठन चलाउनुपर्छ भन्ने हाम्रो मान्यता अल्पमतमा परेको अवस्था छ । सत्य पछि पर्नुपर्ने विडम्बना चिर्दै, त्रुटि सच्याउँदै अघि बढ्नुपर्छ ।

० अन्त्यमा, समय–सन्दर्भमा देशको अवस्थाप्रति चिन्ता प्रकट गर्दै पूर्वराजाले वक्तव्य जारी गर्दा पनि नेताहरू तर्सिने, लौ सिध्याउन खोज्यो भन्ने प्रवृत्ति देखिएको छ, यसबारे तपाईं के भन्नुहुन्छ ?
– पूर्वराजामा कतिपय कमी–कमजोरी नभएका होइनन्, तर पनि उनले राजगद्दी छोड्दा कुनै बल प्रयोगको चेष्टा गरेनन्, कतै बाहिर शरण खोज्दै आत्मसमर्पण गर्न चाहेनन्, आज हामीले संशोधनमा ल्याएकाजस्ता प्रस्ताव अघिसारेर राजसंस्था थमौतीको प्रयास गर्न सक्थे, तर गरेनन् । यसरी यिनले हिंसाको बाटो पनि रोजेनन् र आत्मसमर्पणको मार्ग पनि रुचाएनन् । पत्रकारसामु हाँसीहाँसी श्रीपेच बुझाए, पत्रकारहरूले मुख छोडेर गाली गर्दा चुपचाप सुने र मुस्कुराहटकै साथ आफैँ गाडी चलाएर दरबारबाट निस्किए । विदेश भागेनन्, सम्पत्ति विदेश पु¥याएनन्, एउटा सामान्य नागरिकसरह यहीँ रहे । यस्ता व्यक्तिले आफ्नो पुर्खाको बर्कत सम्झँदै ‘मेरो देश बिग्रियो कि ?’ भनी चिन्ता प्रकट गर्दा आपत्ति मान्नु व्यर्थ छ, संविधानले एउटा नागरिकको बोल्ने अधिकार सुनिश्चित गरेको अवस्थामा पूर्वराजाले देशप्रति चिन्ता गर्दा विरोध गर्ने र खुल्लमखुल्ला देश विखण्डनको नारा उर्लेकोचाहिँ चुपचाप हेरिरहने यो चालामाला बहुलट्ठीपूर्ण छ ।