स्कटल्याण्ड मा “ड्रिम्स” को सफल प्रदर्शन

स्कटल्याण्ड मा “ड्रिम्स” को सफल प्रदर्शन


13268103_989897837772665_961434454208989480_oस्कटल्याण्ड, यूके। गत आइतबार चर्चित नेपाली चलचित्र “ड्रिम्स” सफल प्रदर्शन भएको छ। स्कटल्याण्डमा क्रियाशील नेपाली संस्था अर्गनाईजेसन फर नेपलिज कल्चर एण्डवेलफेयर (ओएनसीडब्लू ) र सपन इन्टरटेन्मेन्ट को आयोजनामा एबर्डिन शहरमा भएको उक्त कार्यक्रममा इडिन्ब्रा, ग्लासगो सहरबाट समेत गरी दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो।

सो अवसरमा सदाबहार नायक तथा “ड्रिम्स” का निर्माता /निर्देशक भुवन केसी, नायक अनमोल केसी, सपन इन्टरटेन्मेन्टका सपन राईलाई स्कटल्याण्डका नेपालीहरुको तर्फबाट सम्मान गरिएको थियो। सोही अबसरमा ओएनसीडब्लूले नेपालमा गत बर्ष भूकम्पपछि घटनास्थलमा गएर तयार परेको अंग्रेजी भाषामा रहेको डकुमेन्ट्री ” ७.८ ” को टिजर प्रदर्शन गरिएको थियो भने डकुमेन्ट्रीको लेखनमा योगदान दिएका नवीन क्षेत्री (अक्सफोर्ड युनिभर्सिटी)लाई समेत संस्थाले सम्मान गरेको थियो।

13301330_989887147773734_6528837302332251274_oस्कटल्याण्डका बसोबास गर्ने नेपालीहरुको नेपाली चलचित्र प्रतिको लगाव र आत्मियताले निकै प्रभावित भएको सदाबहार नायक तथा “ड्रिम्स” का निर्माता/निर्देशक भुवन केसीले बताए। यस्तै नायक अनमोल केसीले स्कटल्याण्ड भ्रमण निकै अविश्मरणीय भएको बताए। संस्थाका अध्यक्ष दिपेश रेग्मीले नेपाली समुदायमा केन्द्रित रहेर धेरै कार्यक्रमहरु गर्न संस्था निकै सफल रहेकोमा सबैलाई धन्यवाद ज्ञापन गरेका थिए। – प्रकाश अर्याल