सुन्दरी सुमिनाको तौल

सुन्दरी सुमिनाको तौल


sumina 2

सुन्दरी नायिका सुमिना घिमिरे अभिनयका दृष्टिले सफल थिइनन्, तर सिनेकर्मीहरूका नजरमा उनी हट केक थिइन् । आफ्नो सुन्दरताको घमण्डमा उनी यति चुर थिइन् कि उनका कमजोरीमाथि नकारात्मक टिप्पणी गरेको पटक्कै सहन सक्दिनथिन् । यस्तो आचरणले उनलाई नेपाली सिने क्षेत्रमा थप चर्चा दिलाउँथ्यो । उनी पुल्पुलिएकी नायिका थिइन् भन्दा फरक पर्दैन । यसैबीच ‘सुमिना विवाहिता हुन्, तर सिने नायिका बनेपछि आफ्नो श्रीमान्लाई नै बिर्सिन्’ भन्ने कुराले निकै चर्चा पायो । यसपटकचाहिँ सुमिनाले आफूलाई सम्हाल्नै सकिनन् । परिस्थिति यतिसम्म बिग्रियो कि एकाएक उनी विमानचालक रोशन सापकोटासँग लुसुक्क बिहे गरेर सिनेक्षेत्रबाटै पलायन भइन् ।

यहाँसम्म त ठीकै थियो, तर बिहे गरेपछि उनले आफ्नो सुन्दर शरीरकै वास्ता गर्न छोडेको देख्दा भने यतिबेला उनलाई पुनः सिनेमामा उतार्न चाहनेहरू दुःखित बनेका छन् । ‘विवाहपछि एक छोरीकी आमासमेत बनेकी उनको तौल यतिबेला नायिका नभई नायिकाकी आमाको भूमिका निर्वाह गर्न लायक छ,’ एक निर्देशक व्यङ्ग्यात्मक शैलीमा भन्छन् । ‘नाइन ओ क्लक, स्टारजस्ता फिल्ममा सुमिनाले दिएको हट सिन अहिलेकी सुमिनाको शारीरिक तौलदेखि आफैँ लज्जित हुन्छन् होला,’ उनले थपे ।