सिने क्षेत्रमा उदाउँदै प्रवण

सिने क्षेत्रमा उदाउँदै प्रवण


Pranav

पेसाले प्रवण भुसाल एक शैक्षिक परामर्शदाता हुन् । कुरियर व्यवसायलाई पनि उनले सँगै अघि बढाएका छन् । तर, उनको पहिचानचाहिँ सम्भावना बोकेको एक प्रतिभाशाली कलाकारको रूपमा हुँदै छ । मोडलिङबाट कलायात्रा सुरु गरेका र हालसम्म दुई दर्जनभन्दा धेरै ब्रान्डका विज्ञापन एवम् एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका प्रवण गत असारमा रिलिज भएको ‘लुकामारी’ नामक चलचित्रमा निर्वाह गरेको भूमिकामार्फत एकाएक चर्चामा आए । कलाकारिता भनेपछि हुरुक्कै हुने उनी यतिबेला ‘मन्दिरा’ नामक फिल्ममा एक प्रमुख भूमिकामा अनुबन्धित भएका छन् ।

कुनै घरमा घटेको घटनालाई आधार बनाएर सानो गल्तीले पनि ठूलो रूप लिन सक्छ भन्ने सन्देश दिने कथामा आधारित चलचित्र ‘मन्दिरा’बाट निकै आस राखेका छन् प्रवणले । भट्ट एन्ड सन्सको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई बिल्कुलै नयाँपन दिएर प्रस्तुत गरिन लागिएको दाबी निर्माण÷निर्देशन पक्षले दाबी गरेको र प्रवणको अभिनय खुवी पनि सराहनीय रहेबाट सो चलचित्रको प्रतीक्षा नेपाली चलचित्रप्रेमी आमदर्शकलाई रहनेछ ।
‘मन्दिरा’मा प्रवण भुसालका अलावा जेबी डीसी, नरेन खड्का, लक्ष्मी बस्नेत, विना पोखरेल, विनिता ओली र राजन ढुङ्गानाको समेत अभिनय रहने बताइएको छ । दिपेश सापकोटाको कथा तथा निर्देशन रहने यस चलचित्रलाई हरि भट्टले निर्माण गर्न लागेका हुन् । चलचित्रमा उज्ज्वल ढकालको सम्पादन, देव राईको सङ्गीत, सुसन प्रजापतिको छायाङ्कन रहनेछ ।