साहित्यकार मेदिनीकुमार रहेनन्

साहित्यकार मेदिनीकुमार रहेनन्


bedini-kumar

पत्रकार एवम् साहित्यकार मेदिनीकुमार केवल (तिवारी)को ६० वर्षको उमेरमा जेठ १३ शनिबार विहान हृदयाघातबाट निधन भएको छ । नेपाली साहित्यकारको प्रतिनिधित्व गर्दै भारतको दार्जिलिङ र सिक्किममा हुन लागेको साहित्यसम्बन्धी कार्यक्रममा भाग लिन जाने क्रममा महोत्तरीको बर्दिवासमा हिँड्दाहिँड्दै ढलेपछि उपचारार्थ बर्दिवासको शुभ स्वस्तिक अस्पताल लगिएको थियो । अस्पताल पुग्नेबित्तिकै चिकित्सकले उहाँको निधन भएको घोषणा गरेको पारिवारिक स्रोतले जनायो ।

नेपाली, अवधी र हिन्दी भाषामा साहित्य रचना गर्ने केवलले जनकपुरमा साप्ताहिक पत्रिकाको सम्पादकका रूपमा काम गरेका थिए । पछिल्लो समय ‘नेपाली जनसरोकार’ मासिकको सम्पादक थिए । उनका आधा दर्जन कृति प्रकाशित छन् । केही महिनाअघि मात्रै उनले ‘गुरुङको उद्भव र संस्कृति’सम्बन्धी पुस्तक प्रकाशनमा ल्याएका थिए । तनहुँको रुपाकोट पुख्र्यौली थलो भएका केवल हाल दाङको लमहीमा स्थायी बसोबास गर्दै आएका थिए । पत्रकार एवं साहित्यकार केवलका आमा, श्रीमती र दुई छोरी छन् ।