साइकल चढ्नेलाई क्यान्सरको खतरा कम

साइकल चढ्नेलाई क्यान्सरको खतरा कम


cycling

सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर हालैको एक अनुसन्धानबाट सिद्ध भएको छ कि साइकल चलाउनु क्यान्सरजस्तो गम्भीर रोगबाट बच्ने एक प्रभावकारी उपाय हो । नियमित रूपले साइकल सवार गर्नेलाई हृदयसम्बन्धी रोग तथा अकाल मृत्युको सम्भावना अत्यन्त क्षीण मात्र रहने शोधकर्ताहरूको दाबी छ । अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित समाचारका अनुसार पैदल हिँड्नुभन्दा साइकल चलाउनु स्वास्थ्यका लागि अति हितकर हुन्छ । साइकलको नियमित प्रयोग गर्नेलाई क्यान्सर हुने खतरा ४५ प्रतिशत र मुटुसम्बन्धी रोगको सम्भावना ४६ प्रतिशतले कम हुन्छ, जबकि पैदल हिँड्ने व्यक्तिमा हृदयसम्बन्धी रोगको खतरा २७ प्रतिशत कम रहन्छ । २ लाख ६४ हजारभन्दा बढी मानिसमाथि अनुसन्धान गरेपछि यस्तो तथ्य सार्वजनिक गरिएको हो ।